इन्फो नेपाल — सञ्चारको सञ्जाल

विराटनगरमा तरबार प्रहार गर्ने दुई जना पक्राउ

सुनसरी / विराटनगरको व्यस्त बजारमा दिउँसै तरबार प्रहार गरेको घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगरका मोहम्मद हालिमलाई तरबार प्रहार गर्ने विराटनगर महानगरपालिका–८ का २२ वर्षीय समीर हुसेन र विराटनगर- ६ का २४ वर्षीय अशोक अन्सारीलाई पक्राउ गरिएको हो । उनीहरूलाई विराटनगरस्थित नेपाल–भारत सीमा क्षेत्रनजिकबाट बुधवार बिहानका राति २ बजेतिर हुसेन र अन्सारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पक्राउ परेका दुवै जनाविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा चलाउने प्रहरीको तयारी छ । तरबार प्रहारबाट विराटनगर–८ का २२ वर्षीय मोहम्मद हलिम गम्भीर घाइते भएका थिए । उनको दुवै हातमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ । उनको विराटनगरकै नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । हलिममाथि विराटनगर-१० सन्सारीमाईस्थान नजिकै सोमबार दिउँसो करिब साढे २ बजेतिर तरबार प्रहार गरिएको थियो ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क