इन्फो नेपाल — सञ्चारको सञ्जाल

विराटनगरमा पनि भेटिन थाले नाइरोबी फ्लाईका सङ्क्रमित

सुनसरी | विराटनगरमा नाइरोबी फ्लाई किराका कारण सङ्क्रमित हुनेहरु भेटिन थालेका छन् । सङ्क्रमितहरु सरकारी तथा निजी स्वास्थ्य संस्थामा उपचारका लागि आउन थालेका छन् । केही समय अघि प्रदेश १ को झापामा मात्रै यस्ता बिरामी भेटिएका थिए । पछिल्लो समय दैनिक १५ जनासम्म उपचारका लागि आउन थालेको कोसी अस्पतालका वरिष्ठ चर्म (छाला), यौन तथा कुष्ठ रोग विशेषज्ञ डा. असित घिमिरेले जानकारी दिए । ‘एक साताअघिदेखि किराका कारण सङ्क्रमित भएर आउनेको सङ्ख्या बढ्दै छ,’ उनले भने, ‘किराले फोहोर गरिदियो भने पनि छालामा सङ्क्रमण हुन्छ ।’ सङ्क्रमण भएको घाउ पाक्ने र अन्य खालका सङ्क्रमणलाई थप असर पर्नसक्ने डा. घिमिरेको भनाइ छ । खेतबारीमा काम गर्ने तथा जङ्गलतिर घाँस दाउरा गर्न जानेमा यस्तो समस्या धेरै देखिने उनले बताए । बर्खाका समयमा यसको सङ्क्रमण धेरै हुने उनको भनाइ छ । घिमिरेका अनुसार फोहोर गर्दा वा छालामा घर्षण उत्पन्न हुने गरी मडारिँदा किराको शरीरबाट छालालाई जलाउने खालको एसिड निस्कन्छ । लक्षणहरू त्यो एसिड (अम्लीय पदार्थ)ले छालामा घाउ तथा एलर्जी हुने, जनै खटिराजस्तो घाउ आउने, ठूला दागहरु देखिने, छाला रातो हुने, धेरै पोल्ने लगायतका समस्या आउने हुन्छ । घिमिरेका अनुसार उपचारपछि सङ्क्रमण बढीमा दुई साताभित्रमा निको हुन्छ । स्वास्थ्य सम्बन्धि गम्भीर समस्या ननिम्तिने भएकाले आत्तिन वा डराउन पर्दैन । प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादवले सङ्क्रमण रोकथाम तथा बिरामीको उपचारका लागि छाला रोग विशेषज्ञहरुसँग समन्वय गरिने बताए । - रासस

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क