इन्फो नेपाल — सञ्चारको सञ्जाल

विराटनगरमा प्रहरी हौं भन्दै लुटपाट, दुई जना पक्राउ

सुनसरी / विराटनगरमा प्रहरी हौं भन्दै लुटपाट गरिएको घटना सार्वजनिक भएको छ । लुटपाट भएको केही रकमसहित घटनामा संलग्न दुई जना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका- १२ रानीका रविकुमार साह सुडीमाथि लुटपाट भएको थियो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार असोज २२ गते सोमबार दिउँसो १२ बजेतिर साह मोटरसाइकलमा रानीबाट विराटनगर बजारतिर आउँदै थिए । विराटनगर-११ रोडशेष चोकमा आइपुगेपछि पिछा गर्दै बा ६७ प २५०४ नम्बरको बुलेट मोटरसाइकलमा आएका दुई जना अपरिचित व्यक्तिले साहमाथि लुटपाट गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको दाहालले बताए । ‘लुटपाटमा संलग्नले हामी प्रहरी हौं भन्दै साहले चलाएको मोटरसाइकल रोकेछन् । एक जना साहको मोटरसाइकल पछाडि बसेछन्,’ उनले भने, ‘साहलाई रोडशेषबाट विराटनगर–२ हनुमान मन्दिर पुर्याएको पाइयो । मन्दिर परिसरमा पुर्याएर धाकधम्की दिँदै लुटपाट गरेपछि दुवै जना फरार भएको खुलेको छ ।’ लुटपाटमा संलग्नमध्ये एक जना साहको मोटरसाइकलको पछाडि बसेर हनुमान मन्दिरतर्फ जाँदै गरेको सीटी क्यामेरा फुटेजमा देख्न सकिन्छ । ‘दुई जनामध्ये एक जना साहको मोटरसाइकलको पछाडि बसे,’ प्रहरी स्रोतले भन्यो, ‘अर्का व्यक्ति भने आफ्नै मोटरसाइकल चलाएर घटनास्थलमा पुगेको देखिन्छ ।’ दाहालका अनुसार साहको नागरिकतासहित उनको साथमा रहेको नगदसहितको झोला, बैंकको चेकबुक, विभिन्न बैंकका ३ वटा एटीएम, मोबाइल र मोटरसाइकलको ब्लुबुक लुटपाट गरिएको पाइएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क