इन्फो नेपाल — सञ्चारको सञ्जाल

विराटनगरमा बिरामीले अस्पतालको ३ तलामाथिबाट हामफालेर..

विराटनगर–७ स्थित अस्पताल चोकमा रहेको गोल्डेन अस्पतालबाट हामफालेर एक जना बिरामीले शुक्रबार बिहान आ'त्मह'त्या गरेका छन्। मोरङको धनपालथान गाउँपालिका–१ नोचाका ३५ वर्षीय शिवकुमार मण्डलले अस्तालको ३ तलामाथिबाट हामफालेर आ'त्मह'त्या  गरेको मोरङ प्रहरीले जनाएको छ। गोल्डेन अस्पतालमा उ'पचार  गर्दा लागेको रकम तिर्न नसक्दा उनले आ'त्मह'त्या  गर्नुपरेको परिवारले आरोप लगाएका छन्। मण्डललाई अस्पताल प्रशासनले ३ दिनदेखि बन्धक बनाएर राखेको उनका आफन्तले बताएका छन्। हामफालेपछि टाउको तथा शरीरका विभिन्न भागमा गहिरो चोट लागेका उनको सोही अस्पतालको इमजेन्सीमा पुर्‍याउना साथ चिकित्सकले मृत घोषित गरेका थिए। छारे रोग र मानसिक समस्या भएपछि उनलाई उ'पचार का लागि मंसिर ३ गते अस्पताल भर्ना गरिएको थियो। आइसियुमा राखेर अस्पतालले उनको उ'पचार  गरेको थियो। मंसिर ७ गते आइसियुबाट वार्डमा सारेपछि घर लैजाँदा हुन्छ भन्दै डिस्चार्ज दियो। मृतक मण्डलका आफन्त श्रीराम कामतका अनुसार उ'पचार मा लागेको पैसा नतिरेसम्म बिरामीलाई लैजान नदिने भनेर अस्पतालले नै बन्धक बनाएर राखेको हो। 'आर्थिक अवस्था कमजोर भएकाले अस्पतालले भने जति पैसा दिन सकेका थिएनौं', कामतलले भने, ‘त्यही तनावमा आएर आ'त्मह'त्या  गरेको हुनुपर्छ।’अस्पतालका प्रशासकीय अधिकृत सन्तोष मेहताका अनुसार उ'पचार  खर्च तिर्न नसकेका कारण बिरामीलाई ब'न्धक नबनाइएको बताए। मण्डल डिप्रेसनको औषधि नियमित सेवन गरिरहेका बिरामी हुन्। अस्पतालले जतिसक्दो चाँडो घर लैजानु भनेर भनिरहेको भए पनि परिवारका सदस्यले नै पैसा तिरेर मात्रै लैजान्छौं भनेर बिरामीलाई राखेका थिए। ‘मानसिक समस्याका कारण उनले देखाउने अस्वभाविक व्यवहारले गर्दा अन्य बिरामीलाई असर भइरहेको थियो,’ मेहताले भने, ‘त्यसकारण घर चाँडो लागन भनेका थियौं। समयमा परिवारले नलगेका कारण घटना भई दिइयो।’ उ'पचार मा गर्दा जम्मा ३८ हजार रूपैयाँ खर्च भएको थियो। मण्डलका परिवारले उ'पचार मा लागेको खर्चमध्ये १७ हजार तिरेको र २१ हजार रूपैयाँ तिर्न बाँकी रहेको अस्पताल प्रशासनले जनाएको छ। उ'पचार रत मण्डलले शुक्रबार बिहान एक्कासी अस्पतालको ३ तलाबाट हामफालेर आ'त्मह'त्या  गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको र थप अनुसन्धान भइरहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए।  

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क