इन्फो नेपाल — सञ्चारको सञ्जाल

विराटनगरमा मोटरसाइकलमा आएका तीन जना युवाले एक जना युवालाई तरबार प्रहार गरे

सुनसरी / विराटनगरमा मोटरसाइकलमा आएका तीन जना युवाले एक जना युवालाई तरबार प्रहार गरेका छन् । सोमबार दिउँसो विराटनगर महानगरपालिका- १० सन्सारी माइस्थान नजिकै व्यस्त बजारमा सोमबार दिउँसो तरबार प्रहार गरिएको हो । तरबार प्रहारबाट विराटनगर महानगरपालिका ८ का २२ वर्षीय मोहम्मद हलिम घाइते भएका छन् । उनको दुवै हातमा गहिरो चोट लागेको छ । उपचारका लागि उनलाई न्यूरो अस्पताल भर्ना गरिएको थियो । थप उपचारका लागि नोबेल शिक्षण अस्पताल रिफर गरेको थियो । तरबार प्रहारको कारण घाइतेको दुवै हातको नशा काटिएकोले भ्याकुलर सर्जरी गरेर जोडिनुपर्ने चिकित्सकले जनाएका छन् । हलिममाथि विराटनगर ८ का अन्दाजी ३० वर्षीय समीर हुसेन, २२ वर्षीय अमन कुरेसी, विराटनगर ११ जनपथ टोलका २६ वर्षीय कुशल पाण्डे, विराटनगरको सौर चियाका सदाब अन्सारीको समूहले तरबार प्रहार गरेको प्रहरीले जनाएको छ । ‘एउटा मोटरसाइकलमा तीन जना चढेर आएका थिए । तीन जना मध्ये मोटरसाइकलको बीचमा बसेका समीर हुसेनले तरबार बोकेका थिए । प्रहरीले घटनामा संलग्नहरूको खोजी कार्य तीव्र बनाएको जनाएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क