इन्फो नेपाल — सञ्चारको सञ्जाल

विराटनगर महानगरपालिकाले डोजर लिएर अतिक्रमित संरचना भत्काउन थाल्यो

सुनसरी / विराटनगर महानगरपालिकाले पनि बजार क्षेत्रमा निर्माण गरिएका अतिक्रमित संरचना भत्काएर हटाउन थालेको छ । आज बुधबार मोरङको विराटनगर- ९ स्थित महानगरका मेयर नागेश कोइरालाकै घरमा पसल सञ्चालकहरूले सडकपेटी अतिक्रमण गरी बनाइएका संरचनाहरूलाई डोजर चलाइएको छ । यश अघि ३५ दिने सूचना जारी गर्दा पनि व्यापारीहरुले अटेर गरेपछि बल प्रयोग गरेको मेयरले बताए । महानगरले बजार क्षेत्रभित्र सौन्दर्यकरण, दुर्घटना न्यूनीकरण तथा फुटपाथ नियन्त्रणका लागि भन्दै गत कात्तिक ३ गते सार्वजनिक सूचना जारी गरेको थियो । यता, जलजला रोडस्थित कोइरालाले भाडामा लगाएका पसल सञ्चालकले सटर अगाडि आफूखुसी निर्माण गरेका संरचना हटाएर अभियानको सुरु गरिएको छ । नगर प्रहरीको नेतृत्वमा डोजरसहित पुगेको नगर प्रहरीले पसल अगाडि निर्माण गरेको सेटब्याक लगायतका अवैध संरचना नगर प्रहरीले जथाभावी झुण्ड्याइएका होडिङ बोर्डसमेत हटाएको थियो । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने महानगरको अभियानअन्तर्गत बजार क्षेत्रमा निर्माण गरिएका संरचना हटाउन सुरु गरिएको महानगरका मेयर नागेश कोइरालाले बताए । यता, सुनसरीको इनरुवा नगरपालिकाले हिजोबाट अतिक्रमित सडकपेटी खाली गराउन सुरु गरेको छ । ३५ दिने सुचना जारी गरिएको थियो । नगरपालिकाले पटक पटकको सार्वजनिक सूचना जारी गर्दा पनि अटेर गरिएको भन्दै नगरप्रमुख केदार भण्डारीसहितको नगरपालिकाको टिम , प्रहरी सहित डोजर लिएर सडकमा निस्किएर अतिक्रमित सडकपेटी खाली गराउन सुरु गरेका छन् । मंगलबार नगर प्रहरीका साथै सुरक्षा निकायको रोहबरमा नगर प्रमुखले सडकपेटी खाली गराउने कार्यलाई अघि बढाएका थिए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क