इन्फो नेपाल — सञ्चारको सञ्जाल

विराटनगर महानगरपालिकाले नक्सा विपरीतका भवन भत्काउन सुरू

सुनसरी / विराटनगर महानगरपालिकाले नगर भित्रका नक्सा पास नगरेका र घरबहाल कर समेत नतिरेका संरचनाहरु भत्काउने अभियान शुरु गरेको छ । आज विहीवार देखि विराटनगर स्थित कोशी अस्पताल परिसरको भवन भत्काउन शुरु गरेरको हो । कोशी अस्पताल अगाडिका आधा दर्जन कोठा नक्सा पास नगरेर बनाइएको र वर्षौदेखि घर बहाल कर समेत नतिरेकाले भत्काएको विराटनगर महानगरपालिकाले जनाएको छ । अस्पतालको संरचनामा पसल सञ्चालन भइरहेका थिए । ती पसलले अस्पताल पसललाई पछिल्लो समय भाडा बुझाएको थिएनन् । अस्पताल विकास समितिको आग्रह विराटनगर महानगरपालिकाले नक्सा पास विना निर्माण भइ सञ्चालनमा रहेका संरचना डोजर प्रयोग गरेर हटाएको हो । विराटनगर महानगरपालिकाले यस अघि नक्सा पास नगरी सेट व्याक नछोडी बनाइएका छज्जीहरु भत्काउन शुरु गरेसँगै कोशी अस्पताल अगाडिको कोठाहरु भत्काएको छ । नियम र कानुुन बमोजिम चल्नुपर्ने बताउँदै अस्पतालले प्रक्रिया पुुर्याएर व्यापार नगरेकाले भत्काइएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले बताएका छन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क