इन्फो नेपाल — सञ्चारको सञ्जाल

विराटनगर विमानस्थलमा जहाज दुर्घटना

सुनसरी / विराटनगर विमानस्थलमा जहाज दुर्घटना भएको बेला कसरी उद्धार गर्ने भनेर अभ्यास गरिएको छ । हिजो आईतबार विहान जहाज दुर्घटना भएको देखाएर गरिएको अभ्यासले घटनाका बेला अपनाउनुपर्ने सबै उपाय र गर्नुपर्ने उद्धार लगायतका सबै कामको यथार्थ चित्रण गरिएको थियो । विराटनगरबाट काठमाडौंका लागि ६८ यात्रु बोकेर उडेको एक्सरसाइज एयर–००४ कल साइन भएको जहाज चरासँग ठोक्किएपछि पुनः विराटनगरमै आपतकालीन अवतरण गराउनु पर्दा दुुर्घटना भएर जहाजमा आगो लागेको र धुवाँको मुस्लो छुटेको देखाइएको थियो । त्यसअघि नै विमानस्थलले जहाज आपतकालीन अवतरण गराउँदा आउन सक्ने समस्यालाई मध्यनजर गर्दै सबै तयारी गरेको थियो । विमानस्थलका प्रमुख उत्सवराज खरेलले जहाज दुर्घटना भएका बेलाको सम्भावित क्षति कम गर्न अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उद्धारको अभ्यास गरिएको बताउनु भयो । उद्धार अभ्यासका क्रममा आधा दर्जनभन्दा बढी एम्बुलेन्स, दमकल, ठूलो संख्यामा सुरक्षाकर्मी, रेडक्रसकर्मी, स्वास्थ्यकर्मी र एयरलाइन्सका कर्मचारी परिचालन गरिएको थियो । काल्पनीक जहाज दुर्घटनामा ४ जना यात्रुको मृत्यु भएको र ५ जना गम्भीर घाइते तथा अन्य सामान्य घाइते भएको देखाइएको विराटनगर विमानस्थलका सूचना अधिकारी युवराज भण्डारीले जानकारी दिए । साइरन बजाउँदै दमकल र एम्बुलेन्स दौडदा वरपर त्रास फैलिएको थियो । दुर्घटनाबाट हुने सम्भावित क्षति न्यूनीकरणका लागि प्रत्येक २ वर्षमा यस्तो अभ्यास गर्ने गरिएको खरेलको भनाइ छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले विमानस्थलभित्र जहाज दुर्घटना भएको खण्डमा मानवीय र भौतिक क्षति न्यूनीकरण तयारीको स्तर वृद्धि गर्न, उद्धारलाई प्रभावकारी बनाउन तथा उद्धारकर्मीको क्षमता बढाउन उद्धार अभ्यासले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क