इन्फो नेपाल — सञ्चारको सञ्जाल

विराटनगर विमानस्थल शनिबारबाट सञ्चालन हुने

विराटनगर : नेपालमा गत आइतबार बाट लगातार परेको पानि र अविरल बर्षाका कारण विभिन्न ठाउँमा क्षति भयो । त्यस्तै विराटनगर रहेको विमानस्थलमा पनि डुबान भए पछि शनिबार अघि सुचारु हुन नसक्ने भएको छ । बाढी पसे पछि आइतबार बाट विमान उडान स्तगित भयको थियो । गत मंगलबार राति आएको बेमौसमी बाढीले धावनमार्ग जलमग्न भएपछि बुधबारदेखि विमानस्थलबाट हुने सबै उडान बन्द भएको थियो । विराटनगर विमानस्थलको रनवेमा जमेको पानी नसुकेको कारण शनिबारबाट मात्रै सञ्चालनमा आउने भएको हो । पानी नसुकेपछि विराटनगरमा रोकिएकोका बुद्व र श्री एयरका दुई वटा खाली विमान काठमाडौं पठाएको हो ।विमानस्थल प्रमुख उत्सव खरेलका अनुसार बुधबार विमानस्थलको धावनमार्गमा तीन फिटसम्म पानी जमेको थियो । शुक्रबार बेलुका सम्ममा पानी सुकाएर धावनमार्ग सफा गरि,पानीमा डुबेका उपकरणको परिक्षण गरेपछि उपकरणमा केही समस्या नभए पछि शनिबार विहान देखि उडान सञ्चालन प्राधिकरणको तयारी रहेको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क