इन्फो नेपाल — सञ्चारको सञ्जाल

विर्तामोडमा आत्मदह प्रयास गर्ने चौधरीको पाखुरामा दुर्गा प्रसाईको टाटु

सुनसरी / झापाको विर्तामोडको मुक्तिचोकमा शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गर्ने विजय चौधरी दुर्गा प्रसाईको हस्पिटलका पुर्व सवारी चालक रहेको खुलेको छ । उनले आफ्नो पाखुरामा समेत प्रसाईको ट्याटु हानेका छन । चौधरीले परिवारमा समस्या देखाएका हुन् । बिर्तामोड- ७ निवासी चौधरीले आज ४ः३० बजे आत्मदहको प्रयास गरेका थिए । उनलाई पैदलयात्रीहरुले तत्कालै बचाएका थिए । बिर्तामोड ७ निवासी चौधरी यसअघि प्रसाईको बीएण्डसी हस्पिटलमा चालकको काम गर्थे । उनी दुर्गा प्रसाईको सहयोगीको रुपमा रहेका बुझिएको छ । केही महिनादेखि उनी बेरोजगार थिए । तत्काल प्रहरी र स्थानीयले आगो निभाए उनलाई बीएण्डसी हस्पिटल अस्पतालमा उपचार भइरहेको प्रहरी कार्यलय विर्तामोडले जनाएको छ । ३४ वर्षीय चौधरीको शरिरको ढाडमा १५ प्रतिशत जलेको छ । चौधरी बिएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईका ठुलो फ्यान हुन् । उनले आफ्नो पाखुरामा प्रसाईको टाटु नै बनाएका छन् । विएण्डसीका पूर्व सवारी चालक समेत रहेका चौधरीले अहिले धेरै कुरा गर्न नसक्ने प्रतिक्रिया दिएका छन् । थप विवरण बुझ्न बाकि रहेको प्रहरीले जनाएका छन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क