इन्फो नेपाल — सञ्चारको सञ्जाल

विवादमा मुछिएपछि मन्त्रि आलेको राजीनामा माग

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले वि’वादमा मु’छिएका छन् । आलेले भारतमा रहेका भनिएका एक जना एमाले कार्यकतालाई उठाउने (अ’पहर’ण) गर्ने ध’म्की दिए पछि चौतर्फी आ’लोचना भएको छ । सामाजिक सञ्जालमा ‘जथाभावी प्रतिक्रिया’ लेखेको भन्दै आ’क्रोशि’त रहेका मन्त्री आलेले टेलिफोनमार्फत एक युवालाई ‘अ’पह’रण’सम्मको ध’म्की दिएपछि चौतर्फी आलोचना भएको हो । मन्त्री आलेले ध’म्की दिँदै गरेको फोन वार्ता यतिखेर सामाजिक सञ्जालमा भाइरल भएपछि उनको सर्वत्रराजिनामाको माग उठेकाे छ । एमाले नेता भीम रावलले ‘पदीय मर्यादा, सामाजिक शिष्टता, नैतिकता र कानूनको समेत खिल्ली उडाउने मन्त्रीलाई प्रम देउवा र नेकपा (एस) का अध्यक्ष माधव नेपालले पदमा राखिरहनु हुन्छ भने उहाँहरूमाथि पनि जनताले गम्भीर प्रश्न उठाउनु पर्ने हुन्छ । हेरौं उहाँहरू जनता, समाज र कानूनप्रति कति जिम्मेवार हुनुहुँदो रहेछ ?’ एमालेकी सांसद शान्ता चौधरीले पनि आलेको उक्त ध’म्कीको आलोचना गरेकी छिन् । ‘हद नाघेर अ’श्लि’ल बोल्ने आमालाई समेत जोडेर धावा बोल्ने प्रेम आलेलाई तुरुन्त बर्खास्त गर’ भन्दै सामाजिक सञ्जालवाट माग गरेकी छिन् । याे संवाद एमाले कार्यकर्ता जगत ओलीकाे फेसबुकबाट सार्वजनिक गरिएकाे छ । यस्तो छ, मन्त्री आले र युवाबीचको संवादको सम्पादित अंश, संवादमा अ’श्लि’ल शव्दकाे प्रयाेग भएकाले ती शव्द हटाइएकाे छ । मन्त्रीः ‘कहाँ हुनहुन्छ तपाईं?’ युवाः इन्डियातिर छु’ मन्त्रीः अनि तपाईंको कमेन्ट हेरे मैले, के लेख्या त्यस्तो यार ?’ युवाः ‘हैन हजुर, हामीले पनि यस्तो आशा लागेको थिइन् ?’ मन्त्रीः कस्तो आश ? युवाः तपाईंबाट पनि यस्तो हुन्छ भनेर आशा गरेका थिएन,’ (मन्त्री आले आ’क्रो’शि’त हुन सुरु गर्छन) मन्त्रीः भन नी तेरी मा…. तलाईं मैले के गरेको थिएँ ?’ युवाः के गरेको छु ? मन्त्रीः तलाई मा…. त्यही ठाउँवाट उठाउँछु म, कुन ठाउँमा छस भन त,’ युवाः आउन त यता आऊँ, बम्बईमा छु म’ मन्त्रीः तेरी मा…. भन त ठाउँ भन, मुम्बई कहाँ छस, तलाई त्यही ठाउँबाट उठाएर ल्याउँछु तलाई, मुम्बई कहाँ छस तेरी मा….’ युवाः आउन आउ… आइजो न आइजो, त मुला बेसरम… तस्कर… मन्त्रीः मुम्बई कुन ठाउँ होस भन त ? युवाः तस्कर मुला… बेसरम, लाज छैन, तस्कर… मन्त्रीका लागि बेची खाने तस्कर’ मन्त्रीः जे पायो, त्यही लेख्छस मा…कुकुर…तलाईं मा… कुकुर त्यही आएर खुटासुटा का’टे’र साला प्या’क गरेर राख्छु । युवाः मलाई ? तँ के गर्छस् भन न ? युवाः त मा… कहाँ छस भन त ? मन्त्रीः तँ … छोरा होस क्या, त चु’तियाँ साले, मु….. ‘तस्कर, नौ महिना जेल बसेर आएको होइनस् मुला, मलाई सिकाउँछस ?’ मन्त्रीः त मा…. ट्वालेट सफा गर्छस् …. का छोरा, मलाई सिकाउँछस ? युवाः त मुला जस्तो होइन क्या म चर्पी सफा गरेर खाने, आइजो न म के काम गर्छ ? मन्त्रीः भन त तँ कहाँ छस ? तलाई त्यहीबाट उठाइदिन्छु । युवाः त आइजो न एकैलात्ती हाने पछि उता गिर्नेवाला छस ? मन्त्रीः बम्बई कुन ठाउँमा छस, भन त कुकुर ….का छोरी । युवाः बम्बई भन्या त पहिला तलाईं…अधेँरी छु भनेर, तेरो को मान्छेलाई पठाउने हो पठा त ? मन्त्रीः तेरी मा…. तेरो ठेगाना पठा त ? युवाः अधेँरी छुु, अधेँरी…सुन न तलाई ठेगना भन्छु त तेरो मान्छेको नम्बर दे न त । मन्त्रीः लोकेसन नि पठा त ? युवाः अरे, नम्बर पनि म्यासेन्जर पठाएको छु, हेर न मुला । मन्त्रीः तेरी मा… तलाई पख, एकपटक तलाई त्यहीँबाट उठाइदिन्छु । यही संवाद अहिले सामाजिक सञ्जालमा भाइरल भएपछि राजीनामाको माग उठेको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क