इन्फो नेपाल — सञ्चारको सञ्जाल

विवाह गर्न गाउँपालिकाको अनुमति लिनुपर्ने

सिन्धुली: अब जिल्लाको मरिण गाउँपालिकामा विवाह गर्न स्थानीय तहसँग अनुमति लिनुपर्ने भएको छ । आगामी मंसिर १ गतेबाट लागु हुने गरि उमेर प्रमाणित गरि अनुमति लिएपछि मात्र युवायुवतीले विवाह गर्न पाउने भएका हुन । गाउँ कार्यपालिकाले विवाह गर्नुपूर्व बेहुला र बेहुलीकै वडा कार्यालयबाट उमेर एकीन गरि प्रमाणित गर्नुपर्ने छ । वडाले विवाह गर्न उमेर पुगेको सिफारिस गरेपछि मात्र विवाह गर्न पाईने छ । बालविवाहको रोकथामका लागि गाउँपालिकाले उक्त निर्णय गरि सूचना जारी गरेको हो । बालविवाहमा गाउँपालिकामा बालविवाहलाई शुन्यमा पु¥याउन यो नीति अबलम्बन गर्न थालेको गाउँपालिकाका उपाध्यक्ष बिमला माझीले बताएकी छिन । उनले बालविवाह न्युनिकरण गर्न स्थानीय सरकार प्रतिवद्ध रहेको बताईन । बालविवाह न्युनिकरणका लागि पालिकाले कडा कार्यक्रमहरु ल्याउने समेत बताईन । बालविवाह न्युनिकरणका लागि यस अघि नै गाउँपालिकाले विवाह अघि स्नातक तह उत्तिर्ण गर्ने गाउँपालिकाभित्रका महिलाहरुलाई एक लाख रुपैयाँ पुरस्कार दिन सुरु गरिसकेको छ । छात्राहरुको पढाईलाई निरन्तता दिन र बाल विवाह हुन नदिन कक्षा ११ मा भर्ना भएका किशोरीहरुलाई साईकल उपहार दिने कार्यक्रम समेत कार्यान्वयनमा ल्याएको छ । गाउँपालिकाले बालविवाह न्युनिकरणका लागि सचेतनामूलक कार्यक्रम समेत गरिरहेको छ । मुलुकी देवानी (संहिता) ऐन, २०७४ को दफा ७० (घ) बमोजिम महिला र पुरुषको उमेर २० (बीस) वर्ष पूरा भएको हुनुपर्ने व्यवस्था रहेको छ । राजधानी दैनिकमा समाचार छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क