इन्फो नेपाल — सञ्चारको सञ्जाल

विवाह पूर्व रियाशाले दिइन् ब्याचलर पार्टी

काठमाडौं: मोडल तथा कलाकार रियाशा दाहालले विवाह पूर्व ब्याचलर पार्टी दिएकी छन् । उनले शनिबार केही नजिकका साथीलाई काठमाडौंको बुढानिलकन्ठस्थित पार्क भिलेज रेष्ट्रोमा ब्याचलर पार्टी दिएकी हुन् । आकर्षक सेतो वान पिस पहिरनमा सजिएकी रियाशाले विवाहको दिनको काउटडाउन सुरु भएको भन्दै सामाजिक सञ्जालमार्फत केही तस्वीर सार्वजनिक गरेकी छन् । रियाशाले रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेल ‘रुटिने’सँग विवाह गर्न लागेकी हुन् । भिक्टर र उनको विवाह बैशाख २० गते काठमाडौंमा एकपार्टी प्यालेसमा आयोजना हुँदैछ । भिक्टर र रियाशाले लामो समयदेखिको प्रेमलाई विवाहमा परिणत गर्न लागेका हुन् । युट्यूवमा प्रशारण हुने भिडियो सिरिज ‘आजकालको लभ’ बाट चर्चामा आएकी रियाशा पछिल्लो समय ‘गाह्रो छ हो’ सिरिज र म्युजिक भिडियोमा ब्यस्त छिन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क