इन्फो नेपाल — सञ्चारको सञ्जाल

विवाह भोजमा हुने खर्चबाट बुद्धको मूर्ति स्थापना

हेटौँडा- मकवानपुरका क्रियाशील सञ्चारकर्मी प्रताप विष्टले आफ्नो छोराको विवाह भोजमा लाग्ने खर्चबाट बुद्धको मूर्ति स्थापना गरका छन् । समाजमा विवाह, व्रतबन्ध लगायतका शुभ कार्यका नाममा फजुल खर्च गर्ने प्रवृत्ति बढ्दै गएको समयमा पत्रकार विष्टले छोराको विवाह भोजमा लाग्ने खर्चबाट हेटौँडा उपमहानगरपालिका ९ स्थित त्रिवेणी धाममा बुद्धको मूर्ति स्थापना गरेका हुन् । त्रिवेणी धाम परिसरमा बुद्ध मूर्ति स्थापनामा १२ लाख रुपैयाँभन्दा बढी लागेको बिहीवार बुद्ध मूर्ति अनावरण कार्यक्रममा जानकारी गराइएको थियो। बुद्ध मूर्तिको हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँले संयुक्तरूपमा अनावरण गरेका थिए । नेपाल पत्रकार महासंघ बागमती प्रदेशका पूर्व अध्यक्षसमेत रहेका विष्टले समाजमा परिवर्तनको सुरुवात आफैँबाट गर्नुपर्ने सन्देश दिन आफ्नो जेठो छोरा र कान्छो छोरा दुवैको विवाहमा भोज भतेर गर्ने परम्परालाई तोड्दै उक्त रकम सकारात्मक कार्यमा लगाएको जानकारी दिए । पत्रकार विष्टले यसअघि जेठो छोराको विवाहमा समेत विवाह भोजमा हुने खर्च पाँच लाख रुपैयाँ हेटौँडा ९ स्थित मानव सेवा आश्रमको भवन निर्माणमा सहयोग गरेका थिए । साथै विष्टले नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको पुस्तकालयका लागि एक लाख रुपैयाँ प्रदान गरेका थिए । कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाई, शिक्षासेवी देवप्रसाद श्रेष्ठलगायतले फजुल खर्चले भ्रष्टाचार बढ्ने भन्दै समाजका अगुवाहरूले उदाहरणीय बनेर काम गर्नुपर्नेमा जोड दिए । छोरा डा. घोषणा विष्ट र सुजता कार्कीबीचको विवाहको अवसरमा पत्रकार विष्टले आफन्तलगायतका सीमित व्यक्तिलाई आमन्त्रण गरी भव्य भोजको सट्टा त्रिवेणी धाम परिसरमा फापरको जेरी, तरकारी र पुरीको व्यवस्था गरेका थिए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क