इन्फो नेपाल — सञ्चारको सञ्जाल

विश्वकपमा विजेताले मात्रै होइन सहभागी हरेक टिमले नगद पुरस्कार पाउँछन्

काठमाडौं । कतारमा आयोजित फिफा विश्वकप फुटबलको महाकुम्भ सकिएको छ । आइतवार राति भएको रोमाञ्चक खेलमा साबिक विजेता फ्रान्सलाई हराएर अर्जेन्टिनाले तेस्रो पटक विश्वकपको उपाधि चुमेको छ । कतारमा आयोजकको हैसियतमा कतार र छनोट भएर आएका ३१ राष्ट्रले विभिन्न ६४ खेल खेलेका थिए । विश्वकपमा विजेताले मात्रै होइन सहभागी हरेक टिमले धेरथोर नगद पुरस्कार पाउँछन् । विश्वविजेता अर्जेन्टिनाले फिफा विश्वकप ट्रफी पाएको छ । यो ट्रफीको मूल्य २ करोड डलर बराबर छ । १८ क्यारेटको सुन जडित उक्त ट्रफीको तौल ६.१ किलोग्राम छ भने उचाई ३६ दशमलव ८ सेन्टिमिटर । विश्वकप विजेताले उपाधिको साथसाथै ४ करोड २० लाख डलर पनि पाएको छ । अघिल्लो विश्वकपको विजेताको तुलनामा यस पटकको विजेताको पुरस्कार राशी ४० लाख डलर बढी छ । यस पटक उपविजेतामा समेटिएको साबिक विजेता फ्रान्सले पनि ३ करोड डलर हात पारेको छ । यो विश्वकपमा फिफाले ४४ करोड डलर पुरस्कार राशीको रुपमा छुट्याइएको थियो । यो अघिल्लो संसकरणको भन्दा ४ करोड डलर धेरै हो । पछिल्ला ४० वर्षमा विश्वकपमा पुरस्कार राशी निरन्तर बढेको छ । विश्वकपमा पहिलो र दोस्रो हुने टिमले त करोडौं डलर नगद पुरस्कार पाएका छन् । तेस्रो देखि ३२ औं स्थानमा चित्त बुझाउने टिमले पनि नगद पुरस्कार थापेका छन् । सेमिफाइनलबाट बाहिरिने टिम क्रोएसियाले २ करोड ७० लाख डलर र चौथोमा सीमित भएको मोरक्कोले मोरोक्को २ करोड ५० लाख डलर पाएको छ । क्वार्टरफाइनलबाट बाहिरिएको पोर्चुगल, ब्राजिल, नेदरल्यानड र बेलायतले पनि १ करोड ७० लाख डलर घर लगेका छन् । अन्तिम १६ बाट बाहिरिएको स्वीटजरल्याण्ड, स्पेन, पोल्यान्ड, सेनेगल, दक्षिण कोरिया, अष्ट्रेलिया, अमेरिका र जापानले पनि १ करोड ३० लाख / १ करोड ३० लाख डलर हात पारे । समूह चरणबाट बाहिरिने घाना, उरुग्वे लगायत सबै टिमले पनि ९० लाख डलर पाएका छन् ।

सम्बन्धित समाचार

काठमाडौं–तराई द्रुतमार्गको प्रगति ५१ प्रतिशत पुग्यो, सबैभन्दा लामो महादेवटार सुरुङ छिचोलियो

काठमाडौं । राष्ट्रिय गौरवको काठमाडौं–तराई/मधेश द्रुतमार्ग आयोजनाको भौतिक प्रगति करिब ५१ प्रतिशत पुगेको छ। नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन द्रुतमार्गअन्तर्गत सबैभन्दा लामो मह…

इन्फो नेपाल संवाददाता

एनपीएलको इलिमिनेटरमा आज चितवन र काठमाण्डौ खेल्दै

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज चितवन राइनोज र काठमाण्डौ गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ। खेल बेलुका ५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशाल…

इन्फो डेस्क

बागमती प्रदेश खेलकुद विकास परिषद्मा अधिकांश खेल संघ दर्ता छैनन्, पटक–पटकको सूचना बेवास्ता

मकवानपुर । बागमती प्रदेश खेलकुद विकास परिषद्मा अधिकांश खेल संघसंस्थाले दर्ता, आबद्धता तथा नवीकरण प्रक्रिया पूरा गरेका छैनन्। पटक–पटक सूचना जारी गरे पनि संघहरूले बेवास्ता गरेपछि परि…

इन्फो डेस्क