इन्फो नेपाल — सञ्चारको सञ्जाल

विश्वको सबैभन्दा ठूलो काग: गागलफेदी शहीदपार्क

काठमाडौँ- विश्वको सबैभन्दा ठूलो कागको मूर्ति रहेको काठमाडौँको गागलफेदीस्थित चिहानडाँडा शहीदपार्कमा आन्तरिक पर्यटक बढ्न थालेका छन् । कागेश्वरी मनोहरा नगरपालिकाले विभिन्न धातुले बनेको झण्डै दुई हजार किलो बराबरको कागको मूर्ति गागलफेदीस्थित चिहानडाँडा शहीदपार्कमा निर्माण गरेपछि त्यो हेर्न आन्तरिक पर्यटकको आकर्षण बढेको हो । दैनिक सयौँ जनासम्म शहीदपार्कमा कागको मूर्ति हेर्न आउने गरेका छन । यो कागको मूर्ति विश्वकै ठूलो भएको कागेश्वरी मनोहरा नगरपालिका १ का वडाध्यक्ष मुकुन्द गजुरेलले बताए । उनका अनुसार १४ सय किलो बराबरको कागको मूर्ति अमेरिकामा रहेको भएपनि त्योभन्दा ठूलो अर्थात १९ सय ३२ किलोको कागको मूर्ति शहीदपार्क चिहानडाँडामा राखिएको हो । र, यो कागको मूर्ति हेर्न पछिल्लो समय काठमाडौँ उपत्यकाबाट आन्तरिक पर्यटक शहिदपार्क चिहानडाँडा पुग्ने गरेका छन् । जहाँ घुम्न तथा वनभोज खान मिल्ने गरि पार्क निर्माण गरिएको छ भने कागको मूर्ति विशेष रुपमा सजाइएको छ । कागेश्वरी मनोहरा नगरपालिका १ नं. वडाध्यक्ष गजुरेलले शहीदपार्क पछिल्लो समय आन्तरिक पर्यटकको रोजाईमा परिरहेको बताए । ‘विश्वको सबैभन्दा ठूलो कागको मूर्ति हामीले बनाएपछि गागलफेदीको चिहानडाँडा शहिदपार्कमा आन्तरिक पर्यटक बढिरहेका छन् । त्यसबाहेक उपत्यकाबाट नजिकै पर्ने भएकाले शहीदपार्क, कागेश्वरी महादेव मन्दिर, मणिच्युड, शिवधामको मानव निर्मित ताल हेर्ने पर्यटकको संख्या बढ्दै छ’ उनले भने । साथै उनले कार्यक्रममा विश्वको सबैभन्दा ठूलो काग हेर्न गागलफेदी चिहानडाँडामा निर्माण गरिएको शहीदपार्क घुम्न पनि आह्वान गरे । ‘कागेश्वरीको मुख्य आकर्षण र पर्यटकीय क्षेत्रका रुपमा शहीदपार्क बनिरहेको छ । विश्वको सबैभन्दा ठूलो काग हेर्नलाई गागलफेदी शहीदपार्क जाऔँ ।’ नेपाल पर्यटन बोर्ड, बागमती प्रदेश सरकार र कागेश्वरी मनोहरा नगरपालिकाको सहयोगमा शहीदपार्क तथा कागेश्वरी महादेव मन्दिरमा पछिल्लो समय पूर्वाधार निर्माण गरिएको छ । शहीदपार्कमा पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको छ भने कागेश्वरी मन्दिरमा हिड्नेका लागि ट्रेल तथा पार्क निर्माणको काम चलिरहेको छ । कागेश्वरी मन्दिरमा रहेको सानो झरनाले पनि आन्तरिक पर्यटकको ध्यान तानिरहेको छ । मन्दिर पुगेका धेरै आन्तरिक पर्यटक फोटो तथा भिडियो बनाउँदै सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, इन्स्टाग्राम र टिकटकमा अपलोड गर्दै आएका छन् । यसले आन्तरिक पर्यटन वृद्धि गर्दै आइरहेको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क