इन्फो नेपाल — सञ्चारको सञ्जाल

विश्वभर दैनिक थपिनेभन्दा कोरोनामुक्त हुने धेरै, मृत्यु कति?

काठमाडौँ-विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख १० हजार ९५१ जना कोरोना संक्रमित थपिएका छन् । ओल्डोमिटरको पछिल्लो विवरणअनुसार अमेरिकामा ९४ हजार ४३६, बेलायतमा ३४ हजार ५२६, टर्कीमा २१ हजार ५५९ र भारत र रसियामा करिव उस्तै क्रमश २१ हजार ९०१ तथा २१ हजार ५५९ जना संक्रमितको पहिचान भएको हो । त्यसैगरी ब्राजिलमा १५ हजार ३९५ जनामा संक्रमण पुष्टि भएको छ । यही अवधिमा ७ हजार ८०४ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा पनि अमेरिकामा सबैभन्दा धेरै १ हजार ७७९, रुसमा ८५२, ब्राजिलमा ८१८ र भारतमा ३७५ जना रहेका छन् । यसैगरी टर्कीमा २३९ र बेलायतमा १६७ जना संक्रमितको मृत्यु भएको छ । आज थपिनेभन्दा कोरोनामुक्त हुनेको संख्या धेरै छ । ४ लाख ८६ हजार १७० जना संक्रमणमुक्त भएको जनाइएको छ । जसमा अमेरिकामा ८४ हजार १५१, भारतमा २९ हजार ९००, ब्राजिलमा २२ हजार ५२ र बेलायतमा ३६ हजार २३९ जना निको भएका छन् ।यस्तै रुसमा १७ हजार र टर्कीमा ३० हजार वढी कोरानामुक्त भएका छन्। कुल संक्रमित २३ करोड ३५ लाख ३ हजार ४९० जनामध्ये हालसम्म २१ करोड, २ लाख ८९ हजार २६८ जना कोरोनामुक्त भइसकेका छन् । कोरोनाका कारण ज्यान गुमाउनेको संख्या भने ४७ लाख ७७ हजार ६७६ रहेको छ ।

सम्बन्धित समाचार

विद्यालय तहका बालबालिकालाई एआई साक्षरताको प्रमाणपत्र दिने इयूको योजना

काठमाडाैँ । युरोपेली सङ्घ (इयू) ले विद्यालय तहका बालबालिकालाई कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी ज्ञान र सीप प्रदान गर्न ‘एआई साक्षरता’ प्रमाणपत्र कार्यक्रम सञ्चालन गर्ने भएको छ। त…

इन्फो डेस्क

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिद्वारा विदेशमा बस्ने नेपालीका लागि भाइटीकाको साइत सार्वजनिक

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्षको तिहार (२०८३) अन्तर्गत विदेशमा बसोबास गर्ने सनातन धर्मावलम्बी नेपालीहरूका लागि भाइटीकाको साइत सार्वजनिक गरेको छ। ​समितिले विभिन्न द…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

भारतको आन्ध्र प्रदेशमा चक्रवात ‘मुरासु’ प्रवेश, १ लाख ६० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारियाे

काठमाडाैँ। भारतको आन्ध्र प्रदेशस्थित नेल्लोर र नरसपुरबीचको तटीय क्षेत्रमा चक्रवात ‘मुरासु’ प्रवेश गरेको छ। भारतीय मौसम विभागका अनुसार चक्रवातका कारण सो क्षेत्रमा तीव्र हावाहुरी र भ…

इन्फो डेस्क