इन्फो नेपाल — सञ्चारको सञ्जाल

विश्वमा पहिलो पटक मानिसको रगतमा प्लास्टिक भेटियो

चैत ११, २०७८ शुक्रबार | विश्वमा पहिलो पटक मानिसको रगतमा सुक्ष्म प्लास्टिक फेला परेको छ । नेदरल्यान्ड्समा गरिएको एउटा अध्ययनमा मानिसको रगतमा सुक्ष्म प्लास्टिक भेटिएको हो । मान्छेको दिसामा यसअघि नै प्लास्टिक भेटिएको थियो । रगतमा फेला पारिएको चाहिँ यो पहिलो पटक हो । वैज्ञानिकहरूले २२ जनाको रगतको नमुना परीक्षण गर्दा १७ जनाको रगतमा सुक्ष्म प्लास्टिक भेटिएको प्रोफेसर डिक भेथाकलाई उद्धृत गर्दै भारतीय टेलिभिजन एनडीटीभीले जनाएको छ । यो खोजसँगै प्लास्टिकजन्य पदार्थ मानव शरीरबाट विभिन्न अङ्गहरूसम्म पुग्न सक्ने प्रमाणित भएको छ । रगतमा पुगेको प्लास्टिकले के–कस्तो असर गर्छ भन्ने पत्ता लागिनसकेको भए पनि मानव कोषमा यसले गम्भीर क्षति पुर्‍याउन सक्नेबारे वैज्ञानिकहरूले चिन्ता व्यक्त गरेका छन् । मान्छेले खाना, पानी र सास फेर्दा पनि सुक्ष्म प्लास्टिकका कणहरू निलिरहेका हुन्छन् । मान्छेको रगतमा पानीको बोतलमा प्रयोग हुने प्लास्टिक र खानेकुरा प्याकेजिङ गर्दा प्रयोग हुने प्लास्टिक धेरै भेटिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । सन् २०४० सम्म अहिलेभन्दा दुई गुणाले बढी प्लास्टिक उत्पादन हुने प्रक्षेपण चलिरहेको बेला मानिसको रगतमै प्लास्टिक पुग्ने कुरा अझ बढी जोखिमयुक्त भएको वैज्ञानिकहरूले बताएका छन् ।

सम्बन्धित समाचार

विद्यालय तहका बालबालिकालाई एआई साक्षरताको प्रमाणपत्र दिने इयूको योजना

काठमाडाैँ । युरोपेली सङ्घ (इयू) ले विद्यालय तहका बालबालिकालाई कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी ज्ञान र सीप प्रदान गर्न ‘एआई साक्षरता’ प्रमाणपत्र कार्यक्रम सञ्चालन गर्ने भएको छ। त…

इन्फो डेस्क

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिद्वारा विदेशमा बस्ने नेपालीका लागि भाइटीकाको साइत सार्वजनिक

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्षको तिहार (२०८३) अन्तर्गत विदेशमा बसोबास गर्ने सनातन धर्मावलम्बी नेपालीहरूका लागि भाइटीकाको साइत सार्वजनिक गरेको छ। ​समितिले विभिन्न द…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

भारतको आन्ध्र प्रदेशमा चक्रवात ‘मुरासु’ प्रवेश, १ लाख ६० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारियाे

काठमाडाैँ। भारतको आन्ध्र प्रदेशस्थित नेल्लोर र नरसपुरबीचको तटीय क्षेत्रमा चक्रवात ‘मुरासु’ प्रवेश गरेको छ। भारतीय मौसम विभागका अनुसार चक्रवातका कारण सो क्षेत्रमा तीव्र हावाहुरी र भ…

इन्फो डेस्क