इन्फो नेपाल — सञ्चारको सञ्जाल

विश्व इतिहासमा आजः अमेरिकामा रहस्यमय विमान अपहरणदेखि ढाकाको कपडा उद्योगमा आगलागी

आज २४ नोभेम्बर । विश्व इतिहासमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाः ढाकाको कपडा उद्योगमा आगलागी सन् २०१२ मा बंगलादेशको राजधानी ढाकामा भीषण आगलागी हुँदा ठूलो जनधनको क्षति भएको थियो । एउटा कपडा कारखानामा लागेको आगलागीमा ११० जनाको मृत्यु हुनुको साथै २०० जना घाइते भएका थिए । कारखानामा विद्युत सर्ट भएर आगो लागेको थियो । रहस्यमय विमान अपहरण सन् १९७१ मा अमेरिकी इतिहासमै एउटा रहस्यमय विमान अपहरण भएको थियो । डीबी कुपर नाम गरेका एक व्यक्तिले अमेरिकाको सियाटलबाट वासिंगटनका लागि उड्न लागेको एउटा विमान अपहरण गरेका थिए । यात्रुहरुलाई सियाटल विमानस्थलमा झारेपछि अपहरणकारीले दुई लाख डलर रकम मागेर विमान चालकलाई सो विमान मेक्सिकोतर्फ उडाउन बाधय पारेका थिए । उनी आकाशबाटै प्यारासुटबाट हाम फालेर गायव भएका थिए । उनको बारेमा अहिलेसम्म केही पत्तो लागेको छैन् । केनेडीका हत्यारामाथि गोली हानेर हत्या अमेरिकाका ३५ औं राष्ट्रपति जोन अफ केनेडीका हत्यारा ली हार्भे ओसवाल्डको सन् १९६३ को २४ नोभम्बरमा हत्या भएको थियो । अनुसन्धानका लागि प्रहरीको एउटा गाडीमा लैजाने क्रममा ज्याक रुबे नाम गरेका एक व्यक्तिले उनलाको गोली हानेर हत्या गरेका थिए । उनको हत्याको समाचार टेलिभिजनमा लाईभ प्रसारण गरिएको थियो । ओसवाल्डले २२ नोभेम्बरमा केनेडीको हत्या गरेका थिए । ओरिजिन अफ स्पाइसेज प्रकाशन सन् १८५९ मा चाल्र्स डार्विनको पुस्तक ओरिजिन अफ स्पाइसेज प्रकाशित भएको थियो । सदावहार लोकप्रिय सो पुस्तकले विकासको सिद्धान्त र प्राकृतिक छनौटको प्रकृयालाई व्याख्या गरेको छ ।एको थियो । ओसवाल्डले २२ नोभेम्बरमा केनेडीको हत्या गरेका थिए ।

सम्बन्धित समाचार

विद्यालय तहका बालबालिकालाई एआई साक्षरताको प्रमाणपत्र दिने इयूको योजना

काठमाडाैँ । युरोपेली सङ्घ (इयू) ले विद्यालय तहका बालबालिकालाई कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी ज्ञान र सीप प्रदान गर्न ‘एआई साक्षरता’ प्रमाणपत्र कार्यक्रम सञ्चालन गर्ने भएको छ। त…

इन्फो डेस्क

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिद्वारा विदेशमा बस्ने नेपालीका लागि भाइटीकाको साइत सार्वजनिक

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्षको तिहार (२०८३) अन्तर्गत विदेशमा बसोबास गर्ने सनातन धर्मावलम्बी नेपालीहरूका लागि भाइटीकाको साइत सार्वजनिक गरेको छ। ​समितिले विभिन्न द…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

भारतको आन्ध्र प्रदेशमा चक्रवात ‘मुरासु’ प्रवेश, १ लाख ६० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारियाे

काठमाडाैँ। भारतको आन्ध्र प्रदेशस्थित नेल्लोर र नरसपुरबीचको तटीय क्षेत्रमा चक्रवात ‘मुरासु’ प्रवेश गरेको छ। भारतीय मौसम विभागका अनुसार चक्रवातका कारण सो क्षेत्रमा तीव्र हावाहुरी र भ…

इन्फो डेस्क