इन्फो नेपाल — सञ्चारको सञ्जाल

विश्व इतिहासमा आजः इजिप्टका राष्ट्रपतिको एतिहासिक इजरायल भ्रमणदेखि पेलेको १०००औं गोल

आज १९ नोभेम्बर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही घटनाः इजिप्टका राष्ट्रपति अनवर सादतको इजरायल भ्रमण सन् १९७७ मा इजिप्टका राष्ट्रपति अनवार सादतले इजरायको भ्रमण गरेका थिए । इजरायलको भ्रमण गरेर त्यहाँको संसद केन्ससेटमा सम्बोधन गर्ने सादत अरब राज्यका पहिलो सरकार प्रमुख हुन् । इजरायल र अरब देशका सरकारहरुको विरोधबीच उनले भ्रमण गरेका थिए । अरब- इजरायल तनाब अन्त्य गरेको भन्दै सन् १९७८ मा सदत र इजरायलका प्रधानमन्त्रीलाई संयुक्त रुपमा नोबेल पुरस्कार वितरण गरिएको थियो । चन्द्रमामा दोस्रो पटक अवतरण सन् १९६९ मा एपोलो १२ चन्द्रमामा अवतरण गर्ने दोस्रो अन्तरिक्ष यान बनेको थियो । नासाको एपोलो कार्यक्रमअन्तर्गत सो यान चन्द्रमामा पुगेको थियो । पेलेको १०००औं गोल ब्राजिलका फुटबलर पेलेले सन् १९६९ मा १००० औं गोल गरेका थिए । २० औं शताब्दीका महान खेलाडी पेलेले रियो दि जेनेरियामा भएको माराकान रंगशालमा भएको एउटा व्यवसायिक फुटबल खेलमा गोल हानेका थिए । इन्दिरा गान्धीको जन्म आजकै दिन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको जन्म भएको थियो । सन् १९१७ को १९ नोभेम्बरमा प्रयागराजमा जन्मिएकी गान्धीको ६६ वर्षको उमेरमा सन् १९८४ को ३१ अक्टोबरमा हत्या भएको थियो । गान्धी सन् १९६६ देखि सन् १९८४ सम्म गरी १५ वर्षसम्म भारतको प्रधानमन्त्री बनेकी थिइन् । उनका पिता पण्डित जवाहरलाल नेहरू स्वतन्त्र एवं गणतन्त्र भारतका प्रथम प्रधानमन्त्री बनेका थिए।

सम्बन्धित समाचार

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

तीन परिवारबाट सुरु भएको हेटौँडाको छठमा यस वर्ष ६० हजार सहभागी हुने

हेटौँडा । करिब ४६ वर्षअघि दुई–तीन परिवारबाट सुरु भएको छठ पर्व हेटौँडामा अहिले ठूलो धार्मिक तथा सांस्कृतिक उत्सवका रूपमा विस्तार भएको छ। यस वर्ष हेटौँडा–१ स्थित राप्ती नदी किनारमा आ…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

भीमफेदी दुर्घटना : १३ जनाको शव सर्लाही पुर्‍याइयो, सामूहिक अन्त्येष्टि सुरु

हेटौँडा । मकवानपुरको भीमफेदीमा भएको विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु भएका सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका १३ जनाको सामूहिक अन्त्येष्टि सुरु भएको छ। शुक्रबार हेटौँ…

इन्फो नेपाल संवाददाता