इन्फो नेपाल — सञ्चारको सञ्जाल

विश्व इतिहासमा आजः जर्मनीको पहिलो महिला चान्सलरदेखि युक्रेनको एतिहासिक क्रान्ति

आज २२ नोभेम्बर । विश्व इतिहासमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाः जर्मनीमा पहिलो महिला चान्सलर सन् २००५ मा एंगेला मर्केल जर्मनीको पहिलो महिला चान्सलर बनेकी थिइन् । पूर्वी जर्मनीबाट चान्सलर बन्ने उनी पहिलो महिला हुन् । मर्केलले सन् २००५ देखि जर्मनीमा एकछत्र शासन गर्दै आएकी छिन् । सन् २००२ देखि सन् २००५ सम्म प्रमुख विपक्षी दलकी नेतृ रहेकी मर्केल सन् २००२ देखि सन् २००८ सम्म क्रिश्चियन डेमोक्रयाटिक युनियनको नेतृ बनेकी थिइन् । युक्रेनमा ओरेन्ज रिभोलुसन निर्वाचित सरकारले भ्रष्टाचार र आर्थिक अनियमितता गरेको आरोपमा युक्रेनका विपक्षीले सन् २००४ मा ठूलो आन्दोलन गरेका थिए । ओरेन्ज रिभोलुसन नाम दिइएको सो क्रान्तिपछि देशमा निर्वाचन प्रणालीमा सुधार आएको थियो । सोही क्रान्तिको स्मरणमा सन् २००५ को २२ नोभेम्बरलाई स्वतन्त्रता दिवस घोषणा गरिएको थियो । पहिलो एनिमियटेड चलचित्र सन् १९९५ मा निर्माण गरिएको टोरी स्टोरी कम्प्यु्टरबाट एनिमियटेड गरिएको पहिलो चलचित्र हो । मानवजस्तै एउटा खेलौनाको साहसमा आधारित यस चलचित्रले ओस्कारलगायत अन्य प्रतिष्ठित पुरस्कार प्राप्त गरेको थियो ।टाइसनलाई विश्वकै कान्छो हेभिवेट च्याम्पिनको उपाधी विश्व बक्सिङ परिषद्ले सन् १९८६ मा चर्चित बक्सिङ खेलाडी माईक टाइसनलाई विश्वकै कान्छो हेभिवेट च्याम्पियन घोषणा गरेको थियो । च्याम्पियन घोषित हुँदा उनी २० वर्षका थिए । जोन अफ केनेडीको ह'त्या सन् १९६३ को २२ नोेभेम्बरमा अमेरिकाका ३५ औं राष्ट्रपति जोन एफ केनेडीको ह'त्या भएको थियो । टेक्सासको भ्रमण गर्ने क्रममा ली हार्भे ओसवाल्ड नाम गरेका व्यक्तिले केनेडीको ह'त्या गरेका थिए । केनेडी पदमै रहँदा ह'त्या हुने चौथो अमेरिकी राष्ट्रपति हुन् । यसअघि अब्रांहम लिंकन, जेम्स अब्रांहम गारफिल्ड र विलियम म्याकिन्लेको पनि पदमा रहेकै बेला 'हत्या भएको थियो ।

सम्बन्धित समाचार

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

तीन परिवारबाट सुरु भएको हेटौँडाको छठमा यस वर्ष ६० हजार सहभागी हुने

हेटौँडा । करिब ४६ वर्षअघि दुई–तीन परिवारबाट सुरु भएको छठ पर्व हेटौँडामा अहिले ठूलो धार्मिक तथा सांस्कृतिक उत्सवका रूपमा विस्तार भएको छ। यस वर्ष हेटौँडा–१ स्थित राप्ती नदी किनारमा आ…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

भीमफेदी दुर्घटना : १३ जनाको शव सर्लाही पुर्‍याइयो, सामूहिक अन्त्येष्टि सुरु

हेटौँडा । मकवानपुरको भीमफेदीमा भएको विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु भएका सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका १३ जनाको सामूहिक अन्त्येष्टि सुरु भएको छ। शुक्रबार हेटौँ…

इन्फो नेपाल संवाददाता