इन्फो नेपाल — सञ्चारको सञ्जाल

विश्व इतिहासमा आजः फिडेल क्यास्ट्रोको मृत्युदेखि ग्रीसमा सेनाको कु

आज २५ नोभेम्बर । विश्व इतिहासमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाः फिडेल क्यास्ट्रोको निधन आजकै दिन अर्थात सन् २०१६ को २५ नोभेम्बरमा क्युबाका नेता फिडेल क्यास्ट्रोका निधन भएको थियो । पश्चिमी गोलार्धमा क्युबालाई पहिलो कम्युनिस्ट देश बनाउन सफल क्यास्ट्रो ल्याटिन अमेरिकामा कम्युनिस्ट क्रान्तिका नायक हुन् । क्यास्ट्रोको ९० वर्षको उमेरमा राजधानीको एक अस्पतालमा निधन भएको हो । क्यास्ट्रो अमेरिकाले गरेका हजारौं षडयन्त्रबाट बच्न सफल भएका थिए । ग्रीसमा सेनाको कु सन् १९७३ मा ग्रीसको सेनाले कु गरी तत्कालिन राष्ट्रपति जर्ज पापाडोपोउस सरकार बर्खास्त गरेको थियो । विद्यार्थीले नेतृत्व गरेको एथेन्स पोलिटेक्निक क्याम्पसको प्रदर्शन दमन गरेको एक सातापछि सेनाले निर्वाचित सरकार अपदस्थ गरेको थियो । तीन दिदी बहिनीको नरसंहार डोमिनिकन रिपब्लिकका तत्कालिन तानाशाहा राफेल ट्रुजिलोको सरकारविरुद्ध तीन दिदी बहिनी प्याट्रिया, मिर्नभा, एन्टोनिया मिराबलले अभियान चलाएका थिए । सरकारको विरोध गरेको आरोपमा सन् १९६० को २५ नोभेम्बर अर्थात आजकै दिन तत्कालिन सरकारले उनीहरुको निर्मम हत्या गरेको थियो । सन् १९९५ मा राष्ट्रसंघको महासभाले नोभेम्बर २५ लाई महिला हिंसाविरुद्धको दिवसको घोषणा गरेको थियो । शताब्दिकै ठूलो आँधी सन् १९५० मा अमेरिकामा शताब्दीकै ठूलो आँधी आएको थियो । एपालाचियान स्टोर्म नाम दिइएको सो आँधीले एपालचिया क्षेत्रमा ६० इन्च बाक्लो हिउँ परेको थियो । आँधीका कारण ठूलो जनधनको क्षति भएको थियो । आँधीबाट १५० जनाको मृत्यु भएको थियो । आँधीपछि सो क्षेत्रमा अस्वभाविक तापक्रम बढेको थियो । इतिहासकै लामो रनिङ सो सन् १९५२ मा लन्डनको वेस्ट इन्डमा इतिहासकै लामो रनिङ सो आयोजना गरिएको थियो । स्याहार गृहमा राखिएका बालक डेनिस ओ निलको मृत्युको स्मरणमा दौड आयोजना गरिएको थियो ।

सम्बन्धित समाचार

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

तीन परिवारबाट सुरु भएको हेटौँडाको छठमा यस वर्ष ६० हजार सहभागी हुने

हेटौँडा । करिब ४६ वर्षअघि दुई–तीन परिवारबाट सुरु भएको छठ पर्व हेटौँडामा अहिले ठूलो धार्मिक तथा सांस्कृतिक उत्सवका रूपमा विस्तार भएको छ। यस वर्ष हेटौँडा–१ स्थित राप्ती नदी किनारमा आ…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

भीमफेदी दुर्घटना : १३ जनाको शव सर्लाही पुर्‍याइयो, सामूहिक अन्त्येष्टि सुरु

हेटौँडा । मकवानपुरको भीमफेदीमा भएको विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु भएका सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका १३ जनाको सामूहिक अन्त्येष्टि सुरु भएको छ। शुक्रबार हेटौँ…

इन्फो नेपाल संवाददाता