इन्फो नेपाल — सञ्चारको सञ्जाल

विश्व इतिहासमा आजः युरोप र एशियालाई जोड्ने नहर निर्माणदेखि ग्रीसको क्याम्पसमा सेनाले हस्तक्षेप गरेको त्यो दिन

आज १७ नोभेम्बर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । युरोप र एशियालाई जोड्ने स्युज नहरको निर्माण सम्पन्नदेखि चर्चित वाटरगेट कान्डमा रिचार्ड निक्सनले आज आफूलाई निर्दोष साबित गर्न खोजेका थिए । प्रस्तुत विश्व इतिहासमा आज भएका केही घटनाः १९८९ को भेलभेट क्रान्ति वर्लिनको पर्खाल ढलेको एक सातापछि चेक गणतन्त्रको राजधानी सहरमा विद्यार्थीहरुले विशाल प्रदर्शन गरेका थिए । अन्तर्राष्ट्रिय विद्यार्थी दिवसको स्मरणमा गरिएको प्रदर्शनलाई प्रहरीले दमन गरेको थियो । दमनको विरोधमा भएको देशव्यापी हामहड्तालपछि पूर्वचेकोस्लाभियामा कम्युनिस्ट शासन ढलेको थियो र ४१ वर्षपछि देशमा पहिलो प्रजातान्त्रिक निर्वाचनका लागि ढोका खोलेको थियो । एथेन्सको विद्यार्थीको क्रान्ति सन् १९७३ मा ग्रीसमा भएको एथेन्स पोलिटेक्निक क्रान्ति पनि विश्व इतिहासमा स्मरण लायक घटना हो । एथेन्समा तत्कालिन सैन्य सरकारविरुद्ध सन् १९७३ को १४ नोभेम्बरमा पोलिटेक्निक क्याम्पसका विद्यार्थीले आन्दोलन सुरु गरेका थिए । १७ नोभेम्बरमा ट्यांकसहित क्याम्पस पुगेको सेनाले अन्धाधुन्दा गोली प्रहार गरेको थियो । सो क्रान्तिको स्मरणमा अहिले पनि हरेक नोभेम्बर १७ मा ग्रीसका सम्पूर्ण विद्यालय र क्याम्पस बन्द हुन्छन् । सुज नहर निर्माण सम्पन्न युरोप र एशियालाई जोड्ने स्युज नहरको निर्माण कार्य सन् १८६९ मा सम्पन्न भएको थियो । रेड सी र भूमध्य सागरलाई जोड्ने सो नहर निर्माण गर्न १० वर्ष लागेको थियो । रिचार्ड निक्सनको दाबी चर्चित वाटरगेट कान्डबारे तत्कालिन अमेरिकी राष्ट्रपति रिचार्ड निक्सले सन् १९७३ को १७ नोभेम्बरमा पत्रकार सम्मेलन आयोजना गरेका थिए । निक्सनले आफू निर्दोष भएको दाबी गरेका थिए । ९ अगस्ट १९७४ मा, महाअभियोग लाग्ने निश्चित भएसँगै उनले पदबाट राजीनामा दिएका थिए । पदबाट राजीनामा दिने उनी पहिले अमेरिकी राष्ट्रपति हुन् । । निक्सनका उत्तराधिकारी जेराल्ड फोल्डले निक्सनलाई माफी दिएका थिए ।

सम्बन्धित समाचार

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

तीन परिवारबाट सुरु भएको हेटौँडाको छठमा यस वर्ष ६० हजार सहभागी हुने

हेटौँडा । करिब ४६ वर्षअघि दुई–तीन परिवारबाट सुरु भएको छठ पर्व हेटौँडामा अहिले ठूलो धार्मिक तथा सांस्कृतिक उत्सवका रूपमा विस्तार भएको छ। यस वर्ष हेटौँडा–१ स्थित राप्ती नदी किनारमा आ…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

भीमफेदी दुर्घटना : १३ जनाको शव सर्लाही पुर्‍याइयो, सामूहिक अन्त्येष्टि सुरु

हेटौँडा । मकवानपुरको भीमफेदीमा भएको विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु भएका सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका १३ जनाको सामूहिक अन्त्येष्टि सुरु भएको छ। शुक्रबार हेटौँ…

इन्फो नेपाल संवाददाता