इन्फो नेपाल — सञ्चारको सञ्जाल

विश्व इतिहासमा आजः लाइवेरियाको पहिलो महिला राष्ट्रपतिदेखि फिलिपिन्समा नरसंहार

आज २३ नोभेम्बर । विश्व इतिहासमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाः फिलिपिन्सको नरसंहार सन् २००९ मा फिलिपिन्सको इतिहासमै डरलाग्दो नरसंहार भएको थियो । २३ नोभेम्बरमा दक्षिणी फिलिपिन्समा मतदाता नामावलीमा नाम दर्ता गर्न गएका ३४ पत्रकारसहित ५७ जनालाई बन्दुकधारीको एउटा समूहले गोली हानेर हत्या गरेका थिए । लाइवेरियाले पहिलो महिला राष्ट्रपति सन् २००५ मा लाईवेरियाले पहिलो महिला राष्ट्रपति पाएको थियो । सोही वर्षको २३ नोभेम्बरमा उनी लाईवेरियाको राष्ट्रपति बनेकी थिइन । उनलाई सन् २०११ मा नोबेल शान्ति पुरस्कार दिइएको थियो । १०० मिटर उचाइबाट समुद्रमा हाम फाल्ने व्यक्ति सन् १९७६ मा फ्रान्सेली पुरुष ज्याक्स मेयोल १०० मिटरको उचाइबाट समुद्रमा हाम फालेका थिए । हाम फाल्दा उनी ४९ वर्षका थिए । उनले यसअघि १०५ मिटर उचाइबाट समुद्रमा हाम फालेको आफ्नै रेकर्ड तोडेका थिए । स्वीडेनमा मृत्युदण्ड पाउने अन्तिम व्यक्ति सन् १९१० मा स्वीडेनका जोहन अल्फ्रेड एन्डरलाई मृत्युदण्ड दिइएको थियो । एक महिलाको हत्या अभियोग लागेका एन्डर मृत्युदण्ड पाउने स्वीडेनका अन्तिम नागरिक हुन् । सन् १९२१ मा स्वीडेनले मृत्युदण्डको व्यवस्था अन्त्य गरेको थियो ।

सम्बन्धित समाचार

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

तीन परिवारबाट सुरु भएको हेटौँडाको छठमा यस वर्ष ६० हजार सहभागी हुने

हेटौँडा । करिब ४६ वर्षअघि दुई–तीन परिवारबाट सुरु भएको छठ पर्व हेटौँडामा अहिले ठूलो धार्मिक तथा सांस्कृतिक उत्सवका रूपमा विस्तार भएको छ। यस वर्ष हेटौँडा–१ स्थित राप्ती नदी किनारमा आ…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

भीमफेदी दुर्घटना : १३ जनाको शव सर्लाही पुर्‍याइयो, सामूहिक अन्त्येष्टि सुरु

हेटौँडा । मकवानपुरको भीमफेदीमा भएको विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु भएका सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका १३ जनाको सामूहिक अन्त्येष्टि सुरु भएको छ। शुक्रबार हेटौँ…

इन्फो नेपाल संवाददाता