इन्फो नेपाल — सञ्चारको सञ्जाल

विश्व कीर्तिमानी खेलमा रोनाल्डोको दुई गोल

लिसबन । क्रिस्टियानो रोनाल्डो पुरुषतर्फको अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै खेल खेल्ने खेलाडी बनेका छन् । बिहीबार युरो २०२४ को छनोटमा लिख्टेन्सटाइनविरुद्ध १९७ औँ खेल खेल्दै रोनाल्डोले सो कीर्तिमान बनेका हुन् । ३८ वर्षीय खेलाडीले विश्वकपमा मोरक्कोविरुद्धको खेलमा कुवेतका फरवार्ड बादेर अल–मुतावाको १९६ खेलको कीर्तिमान बराबरी गरेका थिए । लिख्टेन्सटाइनलाई ४–० गोलले हराउने क्रममा रोनाल्डोले दुई गोल पनि गरे । योसँगै अन्तर्राष्ट्रिय खेलमा उनको गोल संख्या पनि कीर्तिमानी १२० पुगेको छ । सन् २००३ मा पोर्चुगलका डेब्यु गरेका रोनाल्डो गत वर्ष पाँच वटा विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बनेका थिए । बिहीबार राति भएको खेलको आठौँ मिनेटमा जोआ क्यानसलोले पोर्चुगललाई अग्रता दिलाएका थिए । पहिलो हाफमा रोनाल्डोले गोलका थुप्रै अवसर गुमाए । दोस्रो हाफको सुरुवातमा नै बर्नार्डो सिल्भाले पोर्चुगलको अग्रता दोब्बर बनाए । ५१ औँ मिनेटमा रोनाल्डोले पेनाल्टीबाट गोल गर्दै टोलीको अग्रता फराकिलो बनाए । ६३ औँ मिनेटमा उनले अर्को गोल थपेका थिए । आफ्नो करियरमा रोनाल्डोले सात वटा घरेलु लिग उपाधि, ११ अन्य घरेलु ट्रफी, पाँच च्याम्पियन्स लिग, चार क्लब विश्वकप र एउटा युरो कपको उपाधि जितेका छन् । यसबाहेक उनी पाँचपटकको बालोन डि’ओर विजेता तथा दुईपटकको फिफा वर्ष पुरुष खेलाडी पनि हुन् । गत नोभेम्बरमा उनी शीर्ष तहमा ८ सयभन्दा बढी गोल गर्ने पहिलो खेलाडी बनेका थिए ।

सम्बन्धित समाचार

एनपीएलको इलिमिनेटरमा आज चितवन र काठमाण्डौ खेल्दै

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज चितवन राइनोज र काठमाण्डौ गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ। खेल बेलुका ५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशाल…

इन्फो डेस्क

बागमती प्रदेश खेलकुद विकास परिषद्मा अधिकांश खेल संघ दर्ता छैनन्, पटक–पटकको सूचना बेवास्ता

मकवानपुर । बागमती प्रदेश खेलकुद विकास परिषद्मा अधिकांश खेल संघसंस्थाले दर्ता, आबद्धता तथा नवीकरण प्रक्रिया पूरा गरेका छैनन्। पटक–पटक सूचना जारी गरे पनि संघहरूले बेवास्ता गरेपछि परि…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

एनपीएलको पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम खेल्दै

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो क्वालिफायरमा आज साविक उपाधि विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स खेल्दैछन् । यो खेल बेलुकी ५ बजे कीर्तिपुरको त्रिवि अ…

इन्फो डेस्क