इन्फो नेपाल — सञ्चारको सञ्जाल

वृक्षारोपणमा जग्गाधनीले अवरोध गरेको भन्दै हर्क साम्पाङले दिए प्रहरीमा उजुरी

सुनसरी : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो व्यक्तिगत जग्गामा वृक्षारोपण गर्न नदिने जग्गाधनीविरुद्ध दुर्व्यवहार कसुरमा उजुरी दर्ता गराएका छन् । अदालतको आदेशका आधारमा जग्गा आफ्नो भएको बताई आदेशको प्रति देखाएरै आफ्नो जग्गामा सार्वजनिक प्रयोजनका लागि वृक्षारोपण गर्नबाट रोक्ने रोजिना अधिकारी र रोशन अधिकारीविरुद्ध उजुरी दर्ता गराएका हुन् । केही दिनअघि दलबलसहित अधिकारी दम्पतीको जग्गामा वृक्षारोपण गर्न गएका मेयर साम्पाङलाई अदालतको आदेश देखाएर अधिकारी दम्पतीले वृक्षारोपण गर्न रोकेका थिए । त्यस क्रममा मेयर साम्पाङले अदालतको पत्र आफूलाई नदेखाउन भन्दै वृक्षारोपण गर्न नदिए घर भत्काइदिने धम्की अधिकारी दम्पतीलाई दिएका थिए । घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । अधिकारी दम्पतीविरुद्ध मेयर साम्पाङका तर्फबाट उजुरी दर्ता भएको पुष्टि गर्दै जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक प्रभु ढकालले उजुरीमाथि अनुसन्धान भइरहेको जानकारी दिए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क