इन्फो नेपाल — सञ्चारको सञ्जाल

वृश्चिक राशिको लागि बर्ष २०८० कस्तो रहला? हेर्नुस राशिफल

वृश्चिक राशिहरुका लागि ज्योतिषको दृष्टिकोणले वर्ष २०८० कस्तो रहनेछ ? वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) वृश्चिक राशिलाई यो वर्ष मिश्रित फल नै मिल्नेछ । केतुको कारणले यश र कृति बढेर जानेछ भने सुख सुविधामा बढोत्तरी हुने योग पनि बनेको छ । वर्ष भरि नै शनिको अढैया, बृहस्पति र केतुको प्रभावले शुभ फल नमिल्ला । जन्म कुण्डलीमा बृहस्पति र शनिग्रह बलवान हुने हरूले भने नराम्रा फलको सामना गर्नु पर्दैन । शनिको अढैया, बृहस्पति र केतुको नकारात्मक प्रभावबाट बच्न उपाय अपनाउँदा राम्रो होला । यसवर्ष नयाँ व्यापार व्यवसायमा प्रवेश गर्न सकिनेछ । शेयर बजारको लगानी पनि निकै राम्रो रहन सक्छ । घरजग्गा र निर्माणको क्षेत्रमा गरिएको लगानीबाट राम्रो प्रतिफल पाइनेछ । विशेष गरि दलाली, कृषि, शिक्षाक्षेत्र, सूचनाप्रविधि लगायतका विषयमा लाभ मिल्नेछ, अन्य व्यवसाय भने सामान्य नै रहनेछ । आर्थिक दृष्टिले जेठ, भाद्र, असोज र माघ महिना बढी राम्रो रहनेछ । शनिको अढैया र बृहस्पतिको कारणले आफन्त सँगको सम्बन्धमा दूरी बढ्नेछ । आफन्त सँगको आर्थिक लेनदेनको कारणले सम्बन्धमा पनि चिसोपना आउन सक्छ । सबैसँगको सम्बन्ध कायम राख्न सहनशीलता हुन आवश्यक रहन्छ, नत्र चाँडो निर्णय लिने र फुर्सदमा पछुताउनु पर्ला । यो वर्षको ग्रह गोचर हेर्दा विद्यार्थीहरूले मिहिनेत गरे अनुसार परीक्षामा राम्रै अङ्क हासिल गर्न गाह्रै पर्ने देखिन्छ । सामाजिक, अनुसन्धान र अध्यात्म क्षेत्रका विद्यार्थीले उच्च सफलता पाउनेछन् । विज्ञान र व्यवस्थापन विषय भने कमजोर रहन सक्छ । यो वर्ष आफ्नो पेशा व रोजगारीको क्रममा घर परिवारबाट टाढा हुनु पर्ने बाध्यता आउनसक्छ । धेरै मिहिनेत र सङ्घर्ष गर्नु परे पनि नयाँ रोजगार पाइने र वैदेशिक क्षेत्रबाट पूर्ण सफलता मिल्नेछ । सरकारी जागिर खान खोज्ने हरूको लागि भने बढी मेहनेत गर्नु पर्नेछ । आफ्नो कार्य क्षेत्रमा अप्रत्याशित सफलता मिल्न सक्छ भने कृषि, पशुपक्षी र सुरक्षा क्षेत्रमा आवद्ध जातकहरूलाई अधिक सफलता मिल्नेछ । यो वर्ष स्वास्थ्यमा समस्या बढ्न सक्नेछ । आफ्नै सानो हेलचेक्र्याइँका कारणले ठुलो नोक्सानी बेहोर्नु पर्ला । पेट र हड्डीमा समस्या देखिन सक्छ, तर नियमित खानपिन, व्यायाम र योग गर्नाले पुराना रोगहरू विस्तारै सुधार उन्मुख हुनेछन् । शुभ रङ्ग सेतो, रातो, खैरो र घ्यू रङ्ग शुभ रङ्ग हो । शुभ अङ्क १, ४, ६, र ७ शुभ अङ्क हो । वर्ष भरि नै शनिको अढैया, बृहस्पति र केतुको नराम्रो प्रभाव र अन्य ग्रह पीडाबाट बच्न र शुभ फल प्राप्त गर्न मंगलबार गणेशजीको दर्शन / पूजा गरे चाँडै सफलता पाइनेछ । ग्रहको शान्ति, जप, पाठ, पूजा र हवन आदि गराउनाले ग्रह पीडा कम भई लाभ हुनेछ । आस्थावान, सत्य बोल्ने र सत्कर्म गर्नेहरूलाई भने नवग्रहको कृपा सदैव रहि रहन्छ । वयोवृद्ध र असहायलाई सहायता गर्नाले ग्रह पीडा कम भई भाग्यमा वृद्धि हुनेछ । कुनै शुभ कर्म गर्नु पूर्व या यात्रामा जानु अघि विघ्नहर्ता गणेश भगवानको स्मरण गर्नाले राम्रो हुनेछ ।

सम्बन्धित समाचार

मंसिर ४ गते शुक्रबारको भाग्यफल

वृष, कर्कट, तुला र मीन राशिका व्यक्तिका लागि पारिवारिक सुख, आर्थिक योजना र व्यक्तिगत सम्बन्धका दृष्टिले अनुकूल संकेत छन्। मेष, मिथुन, कन्या र धनु राशिका व्यक्तिले कामकाज, अध्ययन तथ…

ज्यो. प. धुर्वराज सुबेदी

मंसिर ३ गते बिहीबारको भाग्यफल

आज २०८३ साल मंसिर ३ गते बिहीबार। आज कात्तिक शुक्ल दशमी तिथि परेको छ। विश्व शौचालय दिवस, अन्तर्राष्ट्रिय पुरुष दिवस तथा विश्व दर्शनशास्त्र दिवस पनि आजै मनाइँदै छ। मंसिर महिनाको सुरु…

ज्यो. प. धुर्वराज सुबेदी

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मंसिर २ गते बुधबारको भाग्यफल

आज २०८३ साल मंसिर २ गते बुधबार। आज कात्तिक शुक्ल नवमीका अवसरमा कुष्माण्ड नवमी तथा अक्षय नवमी मनाइँदै छ। यस दिन अमलाको वृक्ष र भगवान् विष्णुको पूजा गर्ने धार्मिक परम्परा छ। हेटौँडाक…

ज्यो. प. धुर्वराज सुबेदी