इन्फो नेपाल — सञ्चारको सञ्जाल

वृष राशिको लागि बर्ष २०८० कस्तो रहला? हेर्नुस राशिफल

ज्योतिषको दृष्टिकोणले यो वर्ष कस्तो रहनेछ ? वृष राशिहरुका लागि यो वर्ष २०८० कस्तो रहनेछ ? वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) वृष राशि भएका व्यक्तिहरू का लागि २०८० साल मध्यम फलदायी वर्ष नै रहनेछ । बृहस्पति र शनिको प्रभावले वर्ष भरिनै त्यति राम्रो फल नदेला र गरेको कार्यमा उल्झन र चोटपटकको भए पनि रहनसक्छ, तर भौतिक सुखमा बढोत्तरी भने हुनेछ । वर्षको उत्तरार्धमा भने बढी राम्रो हुनेछ । बृहस्पति र शनिको ग्रह शान्ति गर्दा भने शुभ फल मिल्नेछ । यदि जन्म कुण्डलीमा बृहस्पति र शनि उच्च, स्वगृह तथा मित्रगृह ग्रहहरू भए अधिक शुभ फल मिल्ने निश्चित छ । व्यापार वा व्यावसायिक दृष्टिले यो वर्ष सामान्य नै रहनेछ, तर वर्ष नयाँ ठाउँमा लगानी नगरेकै जाती हुनेछ । वैदेशिक कार्यको व्यवसायबाट बढी लाभ लिन सकिनेछ । शेयर बजारमा गरेको लगानीले भने त्यति साथ नदेला । धातु र मेसिनरी वस्तुमा गरेको लगानी कमजोर रहला । नगद सापटी लिनेहरू पनि टाढिन सक्छन् । व्यवसायीक दृष्टिले श्रावण, कार्तिक माघ र चैत्र पुष महिना राम्रो हुनेछ । यो वर्ष दाम्पत्य जीवनमा दाम्पत्य जीवन तथा प्रेमी / प्रेमिकाका सम्बन्धमा सामान्य उतारचढाव आउनसक्छ । प्रेमी जोडीको सम्बन्धलाई विवाहमा परिणत गर्न पनि गाह्रो होला, तर जन्मकुण्डलीमा सप्तम भाव बलियो भएका व्यक्तिहरूलाई भने कुनैपनि सम्बन्ध नराम्रो हुँदैन । यो वर्ष शैक्षिक क्षेत्रबाट त्यति राम्रो प्रतिफल नमिल्ला । मनमा चञ्चलता बढ्नाले पढाईमा ध्यान दिन नसकिएला । सोध, गणित र व्यवस्थापन विषयका विद्यार्थीहरू बढी लाभ हुनसक्छन् । इन्जिनियरिङ् र स्वास्थ्य विषयका विद्यार्थीहरूलाई भने विशेष कमजोर रहनेछ । भाद्र र पुष महिनामा रोकिएको परीक्षा उत्तीर्ण गर्न सकिएला । पेशा वा रोजगारमा दबाब र तनाव बढेको महसुस हुनेछ र अबजस आइलाग्न सक्छ । सामाजिक तथा राजनैतिक क्षेत्रमा जनताले असमर्थता पनि जनाउन सक्छन् । कल कारखाना र व्यापार व्यवसायमा पनि खासै राम्रो हुनेछैन । पत्रकारिता र वैदेशिक रोजगारमा लागेकालाई भने राम्रै हुने देखिन्छ । यो वर्षमा स्वास्थ्यमा आफूलाई या घर परिवारको स्वास्थ्य, औषध र उपचारमा धन खर्च हुनसक्छ । रक्त सञ्चारको समस्या पनि बढ्न सक्छ, अत: नियमित व्यायामको अभ्यासले शरीरलाई सन्तुलनमा राख्न सहयोग गर्नेछ साथै आहार विहार प्रति सजगता अपनाउनु जरूरी छ । शुभ रङ्ग सेतो, गुलाबी, निलो, र पहेँलो शुभ रङ्ग हो । शुभ अङ्क २, ४, ६ र ७ शुभ अङ्क हो। प्रत्येक शनिवार दुर्गाजीको दर्शन, पूजा र उपासना गर्नाले ग्रह पीडा कम भई शुभ फल मिल्नेछ । बिहीवार पहेँलो पहिरनले बढी राम्रो हुन्छ । बृहस्पति, शनि र केतुको ग्रह शान्ति गर्दा राम्रो हुनेछ । आफ्नो जन्म दिनमा अशक्तलाई साथ, सहयोग सहित भोजन गराउनाले ग्रह पीडा कम भई अधिक शुभ फल मिल्नेछ । प्रत्येक दिन आफ्नो इष्ट देवताको स्मरण गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

सम्बन्धित समाचार

मंसिर ४ गते शुक्रबारको भाग्यफल

वृष, कर्कट, तुला र मीन राशिका व्यक्तिका लागि पारिवारिक सुख, आर्थिक योजना र व्यक्तिगत सम्बन्धका दृष्टिले अनुकूल संकेत छन्। मेष, मिथुन, कन्या र धनु राशिका व्यक्तिले कामकाज, अध्ययन तथ…

ज्यो. प. धुर्वराज सुबेदी

मंसिर ३ गते बिहीबारको भाग्यफल

आज २०८३ साल मंसिर ३ गते बिहीबार। आज कात्तिक शुक्ल दशमी तिथि परेको छ। विश्व शौचालय दिवस, अन्तर्राष्ट्रिय पुरुष दिवस तथा विश्व दर्शनशास्त्र दिवस पनि आजै मनाइँदै छ। मंसिर महिनाको सुरु…

ज्यो. प. धुर्वराज सुबेदी

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मंसिर २ गते बुधबारको भाग्यफल

आज २०८३ साल मंसिर २ गते बुधबार। आज कात्तिक शुक्ल नवमीका अवसरमा कुष्माण्ड नवमी तथा अक्षय नवमी मनाइँदै छ। यस दिन अमलाको वृक्ष र भगवान् विष्णुको पूजा गर्ने धार्मिक परम्परा छ। हेटौँडाक…

ज्यो. प. धुर्वराज सुबेदी