इन्फो नेपाल — सञ्चारको सञ्जाल

व्यक्तिगत प्यान नम्बर लिएपछि के हुन्छ ? के-के छ यसको काम ?

व्यक्तिगत प्यान कार्ड लिएपछि के हुन्छ? यो करदाताले सबैभन्दा बढी सोध्ने प्रश्न हो । स्थायी लेखा नम्बर लिएपछि के फाईदा वा बेफाईदा हुन्छ? भन्ने ढंगले आउने प्रश्नहरुको जवाफ खोजौं । व्यक्तिगत प्यान लिएपछि कुनै विशेष सुविधा वा सहुलियत पाइँदैन । उसोभए प्यान लिनु र नलिनुमा के फरक छ? उदाहरणको लागि यदि एक व्यक्तिले वर्षौंदेखि आयकर, सामाजिक सुरक्षा कर नियमित रुपमा तिरिरहेको छ । तर, उसले व्यक्तिगत स्थायी लेखा नम्बर लिएको छैन भने उक्त व्यक्तिको तर्फबाट तिरेको कर एकमुष्ठरुपमा कार्यालयको तर्फबाट कर दाखिला हुन्छ । व्यक्तिगतरुपमा भुक्तानी भएको देखिँदैन । कुनै काम विशेषका लागि कर तिरेको प्रमाण चाहिएको खण्डमा सम्बन्धित रोजगारदाता वा कार्यालयले व्यक्तिको तर्फबाट भुक्तानी भएको करको प्रमाणसहित कर कार्यालयलाई पत्राचार गरेपछि कर कार्यालयले विवरण भिडाउँछ । अनिमात्रै व्यक्तिले कर दाखिला गरेको पत्र कर कार्यालयले दिन्छ । व्यक्तिगत स्थायी लेखा नम्बर उपलब्ध भएमा करकट्टी रकम सोझै व्यक्तिको नम्बरमा दाखिला गर्न सकिन्छ । र, भविष्यमा कर तिरेको प्रमाण लिनुपर्दा त्यही नम्बरको आधारमा विवरण खोज्न सकिन्छ । व्यक्तिगत स्थायी लेखा नम्बर नहुँदा आफुले तिरेको करको विवरण समेत सहजै फेला पार्न सकिँदैन । तर, स्थायी लेखा नम्बर लिएको खण्डमा करको विवरण सहजै उपलब्ध हुन्छ । व्यक्तिगत स्थायी लेखा नम्बर लिएपछि करको भार बढ्ने वा घट्ने हुँदैन । बरु यसले कर दाखिला गरेको विवरणलाई एकीकृत र व्यवस्थित गर्न सघाउँछ । तपाईंले तिरेको कर बेवारिसे हालतमा छोड्ने कि सप्रमाण कम्प्युटर सिस्टममा व्यवस्थित गर्ने? व्यक्तिगत स्थायी लेखा नम्बर लिने विषय यही प्रश्नसँग सम्बन्धित छ ।

सम्बन्धित समाचार

किताबसँगै जीवनको सीप सिक्दै विद्यार्थी

हेटौँडा । सामान्यतया घरमा आमाबुबाले छोराछोरीलाई नयाँ कुरा सिकाउँछन्। तर हेटौँडा उपमहानगरपालिका–१८ हर्नामाडीकी सपना ढुङ्गानाको घरमा केही दिनअघि फरक अनुभव भयो। कक्षा ४ मा अध्ययनरत छो…

बसन्त भण्डारी

बागमती प्रदेशको उत्कृष्ट सामुदायिक विद्यालयमा हेटौँडाको जनप्रिय मावि छनोट

हेटौँडा । मकवानपुरको हेटौँडास्थित जनप्रिय माध्यमिक विद्यालय बागमती प्रदेशको उत्कृष्ट सामुदायिक माध्यमिक विद्यालयका रूपमा छनोट भएको छ। प्रधानाध्यापक संघ नेपाल (पान) ले तेस्रो राष्ट्…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मकवानपुरका पाँच गाउँपालिकासहित हेटौँडामा विद्यालय बन्द

हेटौँडा, ८ असोज । भारी वर्षासँगै बाढी, पहिरो तथा खोला–खहरेमा पानीको बहाव बढ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै मकवानपुरका पाँच गाउँपालिका र हेटौँडा उपमहानगरपालिकाले विद्यालय बन्द गर्न…

इन्फो डेस्क