इन्फो नेपाल — सञ्चारको सञ्जाल

शनिबारको मौसम : केही ठाउँमा पानी र हिमपातको सम्भावना

हेटौँडा |  शनिबार देशका पहाडी ठाउँहरूमा आकाश आंशिकदेखि सामान्य रूपमा बादल लाग्नेछ। तर बाँकी ठाउँहरूमा आंशिक बदली मात्र रहनेछ।

मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार पहाडी क्षेत्रमा केही स्थानहरूमा र बाँकी ठाउँहरूमा एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्छ। देशका उच्च पहाडी र हिमाली ठाउँहरूमा हल्का पानी वा हिमपात पर्ने सम्भावना पनि छ।

रातको समयमा पनि पहाडी क्षेत्रमा बादल लाग्नेछ भने अन्य स्थानहरूमा आकाश सफा रहने सम्भावना छ।

कोशी र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्का पानी पर्न सक्छ। त्यस्तै, कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा वा हिमपात हुनसक्ने अनुमान गरिएको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क