इन्फो नेपाल — सञ्चारको सञ्जाल

समाजिक सञ्जालमा मेयर बालेन र सुनिताको हाउभाउको खुबै चर्चा

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएर शानदार विजय हासिल गरेका बालेन्द्र शाह बालेनले आज पदभार ग्रहण गरेका छन् । मेयर साहसँगै उपमेयर सुनिता डंगोल लगायत नवनिर्वाचित सबै जनप्रतिनिधिहरुले पनि पदभार सम्हालेका छन् । पदभार सम्हाल्नुअघि राष्ट्रिय सभागृहमा शपथग्रहण समारोह भएको थियो । शपथ समारोहमा मेयर बालेन पत्नी सविता काफ्लेसहित उपस्थित भएका थिए । समारोहको मञ्चमा बालेन उपमेयर सुनिता र पत्नी सवितालाई दायाँबायाँ राखेर बीचमा बसेका थिए । यसैबीच समाजिक सञ्जालमा मेयर बालेन र सुनिताको हाउभाउको खुबै चर्चा भइरहेको छ । भाइरल तस्वीरमा बालेन श्रीमतीसँग केही कुराकानी गरिरहँदा उपमेयर सुनिताले कर्के नजरले हेरिरहेको देखिन्छ । धेरैले यो तस्वीरबारे सामाजिक सञ्जालमा ट्रोल बनाएका छन् । शपथ समारोहमा मेयर बालेन दौरा सुरुवालमा कालो टोपी अनि कालो चश्मा लगाएर उपस्थित भएका थिए भने उपमेयर सुनिता ढाकाको चोलो र साडीमा सजिएका थिइन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क