इन्फो नेपाल — सञ्चारको सञ्जाल

शान्ति सम्झौताका १५ वर्ष : द्वन्द्वपीडितको घाउमा मलम लागेन

१० वर्षे सशस्त्र द्वन्द्व सकिएको १५ वर्ष बितिसक्यो । त्यतिबेलाका द्वन्द्वपीडितहरु भने अहिले पनि द्वन्द्वको घाउबाट उम्किन सकेका छैनन् । देशमा शान्ति, अमनचयन र समान अधिकारको व्यवस्था गर्नका लागि उनीहरु द्वन्द्वमा होमिए । द्वन्द्वमै हजारौं सहिद भए, कयौं परिवारबाट बेपत्ता पारिए भने कति अहिले पनि घाइते अवस्था छन् । तर राज्य भने सहिद परिवारको,घाइते व्यक्ति, बेपत्ता पारिएका व्यक्ति र उनीहरुको परिवारको अवस्थाका बारेमा बेखबर छ ।

शान्ति प्रक्रियाबाट समतामुलक राष्ट्र निर्माणका लागि द्वन्द्वमा होमिएका व्यक्ति र उनका परिवारको अवस्थाका बारेमा सरकार पूर्णरुपमा जानकार नहुँदा पीडितहरुको घाउमा राहतको मलम लाग्न नसकेको द्वन्द्वपीडितहरु बताउँछन् । 

द्वन्द्वको समयमा ज्यान गुमाएका १७ हजार सहिद परिवारलाई सरकारले न उचित राहतको व्यवस्था गर्‍यो, न बेपत्ता पारिएकाको अवस्थाका बारेमा कुनै किसिमको जानकारी दिइयो । न त युद्धको समयमा घाइते भएकाको उपचारका लागि राज्यले कुनै किसिमको व्यवस्था गर्‍यो । न्याय पाउने आशमा बर्षौ वितिसक्दा पनि राज्य यसबारे गैरजिम्मेवार बनेको उनीहरुको गुनासो छ ।

द्वन्द्व सकिएको वर्षौ भइसक्दा पनि राज्यले द्वन्द्वपीडितका पक्षमा कुनै पनि व्यवस्था नल्याउँदा द्वन्द्वको उद्देश्य नै सफल हुन नसकेको सहिद तथा वेपत्ता परिवार संघका रेबबहादुर बस्नेतले बताए । नगरिकको हक,अधिकार र अवसर प्राप्तिका लागि वर्षौ युद्धको सामना गरे पनि नेताहरुको निजी स्वार्थका कारण देशको हरेक व्यवस्थाहरु जनताको हितविपरीत भएको गुनासो गरे ।

द्वन्द्वमा बगेका रगत र बोकेका बन्दुकको गोली गठ्ठाले नयाँ अर्थतन्त्र ल्याउने सपना सपनामै सीमित रहेको उनले बताए । ‘रगत बगाउँदै बोकेका गोलीगठ्ठाले नयाँ अर्थतन्त्र प्राप्त गर्छ भन्ने सपना थियो,' उनले भने, ‘तर सबै उल्टो भयो, नेताहरुले आफ्ना मान्छे र कार्यकर्ता अटाउन सकिने गरी संघीयता ल्याए, हाम्रो सपना,उद्देश्य अपुरो भयो ।’ द्वन्द्वको समयमा कुटाई खाएर घाइते बनेकाहरुलाई सरकारले अस्वीकार गर्नु,बेपत्ता तथा सहिद भएका परिवारको गास, बास, कपास, उपचार र पठनपाठनको व्यवस्थापन गर्न नसक्नेहरुको अवस्थाका बारेमा जानकार नहुने जस्ता व्यवहारले आफ्ना घाउहरुमा मलम लाग्न नसकेको उनले बताए । उनले द्वन्द्वपीडित परिवारहरुलाई राष्ट्रिय पुँजीको रुपमा लिएर राष्ट्रियकरण गर्नुको सट्टा नेतृत्वले नै छोडेर जानुले क्रान्ति अझै समाप्त भएको संकेत गरेको बताए ।

यस्तै द्वन्द्वपीडित शिवराज सुवेदीले देशमा शान्ति सम्झौता बर्षो भए पनि शान्ति प्रक्रिया भने अझै नटुङ्गिएको बताए । हरेक वर्गमा समान अधिकार र मानव जीवनको उद्धार, समान अवसर प्राप्त भएमा मात्र शान्ति प्रक्रिया टुङ्गो लाग्ने उनको भनाइ छ । तत्कालीन द्वन्द्वरत पक्षका नेतृत्वकर्ता सत्तामा जाँदासमेत द्वन्द्वपीडितहरुले राहत नपाएको र पीडामै रहिररहनु परेको बताए ।

द्वन्द्वपीडित गीता पौडेलले द्वन्द्वपीडितहरुले आश्वासनभन्दा पनि न्याय खोजेको बताइन् । ‘हामीलाई पटक पटक निको भएको घाउ कोट्याएर रुवाउने काम भएको छ । सक्नुहुन्छ न्याय दिनुहोस घाउमा मलम लगाउनुहोस,’ उनले भनिन्, ‘न्याय दिने नाममा सधै आँखामा छारो किन हाल्ने गरिएको छ ।’

व्यक्तिका लागि संविधान संशोधन गर्ने राज्यले पीडितका लागि न्यायसमेत दिन नसकेको प्रति उनीहरुको आक्रोश छ । हत्या गरिएका, बेपत्ता पारिएको आफन्तको किटानी जाहेरी दिँदासमेत राज्यले दोषीलाई पक्राउ गर्नुको साटो संरक्षण गरिरहेको उनीहरु बताउँछन् । न्याय दिने बहानामा पीडितलाई झुलाई रहने  काम राज्यबाट भइरहेको पीडितहरुको गुनासो छ ।साङ्केतिक फोटो फाईल

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क