इन्फो नेपाल — सञ्चारको सञ्जाल

शालिकराम जमकट्टेलको यो भाषण जसले मेयर बालेनलाई कार्यक्रम बीचमै हेटौंडाबाट काठमाडौं फर्कायो

काठमाडौं : काठमाडौंका मेयर बालेन्द्र (बालेन) शाहको एउटा फेसबुक स्टाटस अहिले निकै चर्चामा छ । उनले सोमबार विहान सवा दश बजे सामाजिक सन्जाल फेसबुकमा " बागमती प्रदेशले आयोजना गरेको काठमाडौं महानगरलाई गाली गर्ने कार्यक्रममा सहभागी भएर धेरै खुशी लाग्यो, थ्यांक यु1" लेखेका थिए । हेटौंडामा भएको स्थानीय तहका जनप्रतिनिधिका लागि अभिमुखीकरण कार्यक्रममा पुगेका बालेनले यो लेखेपछि अहिले यसले व्यापक चर्चा पाएको छ । उनि आइतबार नै यो कार्यक्रममा सहभागी हुन हेटौंडा पुगेका थिए । तर, पहिलो दिनको उद्घाटन समारोहपछि उनि फर्किए । कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले एउटा मन्तव्य राखेका थिए । उनले कार्यक्रममा भनेका थिए, ‘काठमाडौंबासीको फोहोरको जिम्मा धादिङ र नुवाकोटका जनताले किन लिनुपर्ने ? कुनै पनि हालतमा काठमाडौंको फोहोरको असर धादिङ र नुवाकोटको जनताले सहँदैन ।’ कार्यक्रममा काठमाडौं महानगरपालिकाको फोहोर व्यवस्थापनको विषयमा चर्चा भएको थियो । काठमाडौं महानगरको फोहोर बन्चरेडाँडामा फाल्ने विषयमाथि जमकट्टेलको असन्तुष्टि थियो । गत साता लामो छलफलपछि काठमाडौं उपत्यकाको फोहोर बन्चरेडाँडामा विसर्जन गर्न थालिएको थियो । यही विषयमा मन्त्री जमकट्टेलको अभिव्यक्ति आएपछि बालेन रिसाएर काठमाडौं फर्किएका हुन् । मेयर शाह जमकट्टेल बोल्न थालेपछि कार्यक्रमबाट उठेर हिँडेका थिए । काठमाडौं महानगरवासीको गाली खान तयार रहेको भए पनि आफू विनाकारण अरुको गाली खान तयार नभएको बालेनले बताएका छन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क