इन्फो नेपाल — सञ्चारको सञ्जाल

शालीनको मृत्युबारे साथीहरूको बयान : अघिल्लो दिन के-के भएको थियो ?

चितवन । एकता शिशु निकेतनकी छात्रा शालीन पोखरेलका साथीहरूले उनले मर्नुभन्दा अघिल्लो दिन क्षमा पाउँ आमा बोलको गीत गाएको बताएका छन् । शालीनको मृत्युपछि जिल्ला प्रहरी कार्यालय चितवनको अनुसन्धान अधिकृतसँग उनीहरूले शालीनले फागुन ११ गतेको कार्यक्रममा क्षमा पाउँ आमा बोलको गीत गाएको बताएका हुन् । प्रहरीले अनुसन्धानको लागि उक्त विद्यालयमा अध्ययन गर्ने ६ जना शालीनका साथीहरूको बयान गरेको छ । आइतबार जिल्ला अदालत चितवनमा पेस गरिएको अभियोग पत्रमा उल्लेख भएअनुसार दुई जना उनीसँगै होस्टलमा बस्ने, एक जना शालीनलाई शनिवार बिहान खाना खान बोलाउन जाने र अर्का दुई जना शालीनसँगै पढ्ने साथीहरूको बयान गरिएको हो । बयानका क्रममा शालीनसँगै होस्टलमा बस्ने दुई साथीहरूले उस्तै घटना विवरण बताएका छन् । उनलाई बोलाउन जाने र अर्का उनीसँगै सेवा दल गणको तालिममा जानेहरूको भने फरक फरक बयान छ । छात्रावासमा सँगै बस्नेहरूका अनुसार शुक्रवार स्कुलमा ईएनएस गट ट्यालेन्ट कार्यक्रम थियो । उक्त कार्यक्रममा शालीन पनि सहभागी थिइन् । त्यो दिनभर कार्यक्रममा बसेर फर्किएका उनीहरूले बेलुका सुत्नुअघि करेन्ट चाउचाउ खाने सल्लाह गरेको उनीहरूले बयानमा बताएका छन् । तर, जुन साथीले करेन्ट चाउचाउ खाने भनेकी थिइन् उनको बाक्सामा चाउचाउ नभेटिएपछि बिस्कुट खाएर उनीहरू सुतेका थिए । भोलिपल्ट आइतबार चाउचाउ आफ्नो भाइले नलगेको बताएपछि कसले लगेको छ भनी खोज्दा शालीनको बाक्सामा भेटिएको उनीहरू दुवैको बयानमा छ । उनीहरूले भनेका छन्, दुई वटा चाउचाउ भेटिएपछि शालीन पोखरेललाई यसअघि तिमीले पैसा पनि लैजाने गरेको छौ भनेर सोध्दा मैले खानेकुरा मात्र लगेको हुँ, पैसा लगेको छैन भनेकी थिइन् । त्यसपछि तिमी ठूली भइसक्यौ यस्तो बानी गर्नु हुँदैन भनेको हो । त्यसपछि शालीनले आफूले लगाएको खैरो रंगको बक्स पाइन्टबाट अर्की साथीको बाक्साको चाभी सँगैकी साथीलाई दिएपछि उनले चापी जाँच गर्दा चाउचाउ हराएकी साथीकै बाक्साको भएको थाहा भएपछि उनको चापीको झुप्पामा राखिदिएको बयानमा बताएका छन् । शालीनले फागुन १२ गते बिहान ९ः३० मा खाना खाने घण्टी बजेपछि चाउचाउवाला साथीलाई बोलाएर दिदी मैले तपाईँको पैसा लगेको छैन भनेर फेरि पनि भनेको र उनले भैगो त नि । यो कुरा कति पटक गरेकी अब चाहिँ नगर्नु भनेको बताएका छन् । भने उनलाई खाना खान बोलाउने साथीले पनि सरले बोलाउन पठाउँदा मलाई आज खाना खान मन छैन भनेर खाना खान नमानेपछि खेल्न ग्राउन्डतिर गएको बताएका छन् । नेपालप्रेसबाट

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क