इन्फो नेपाल — सञ्चारको सञ्जाल

शाहिद अफ्रिदी भन्छन्– नेपाली टिमलाई पाकिस्तान बोलाएर क्रिकेट खेलाउन पहल गर्छु (भिडिओ)

काठमाडौं । पाकिस्तानका पूर्व क्रिकेट कप्तान शाहीद अफ्रिदीले नेपाल र पाकिस्तानबीच क्रिकेट कुटनीतिलाई स्थापित गर्ने बताएका छन् । काठमाडौंमा न्यूज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा उनले नेपाल र पाकिस्तानका जनतालाई जोड्न क्रिकेट कुटनीति आवश्यक रहेकोमा जोड दिए । नेपालमा क्रिकेटको भविष्य निकै राम्रो रहेको र सरकारले विशेष ध्यान दिन आवश्यक रहेको अफ्रिदीको भनाइ छ । कुनै समय पाकिस्तानको १९ वर्ष मुनिको टोलीलाई नेपाली टीमले हराएको प्रसंग उल्लेख गर्दै अफ्रिदीले नेपाली क्रिकेट टीमलाई आफूले सक्दो सहयोग गर्ने आश्वासन दिए । आफूले नेपाली क्रिकेट टीमलाई पाकिस्तान लगेर क्रिकेट खेलाउन पहल गर्ने पनि उनले बताए । अन्तर्वार्ताको क्रममा नेपाली यु–१९ क्रिकेट टोलीले पाकिस्तानी टोलीलाई हराएको याद छ । यसको मतलब नेपाली खेलाडीमा प्रतिभा क्षमता छ भन्ने हो । इपिएलमा मैले एउटा म्याच खेलेँ, उक्त खेलमा मैले क्षमता भएका नेपाली खेलाडी देखेँ । सन्दिप लामिछाने लगाएतको खेलाडीहरुको टोली क्षमतावान छ । उनीहरुले नेपाललाई विश्वमा कहिँ पनि चिनाउन सक्छन् । नेपाली क्रिकेट विकास गर्नका लागि ग्रासरुटदेखि नै ध्यान दिनुपर्छ । सरकारको संलग्नता निकै महत्वपूर्ण हुन्छ । सरकारको सहयोग मिलेको अवस्थामा क्रिकेट एकेडेमी सञ्चालन गर्न सम्भव हुन्छ । खेलाडीहरुलाई सुविधा मिल्छ । सबैभन्दा राम्रो पक्ष भनेको नेपाल सरकार क्रिकेटप्रति सकारात्मक हुनु हो ।(भिडिओ)

सम्बन्धित समाचार

‘रास्वपा पनि पुरानै शैलीमै गयो, पुरानै शैलीले देश बदलिँदैन’

हेटौँडा | निर्वाचनको मौन अवधि सुरु हुनुअघि मकवानपुर क्षेत्र नम्बर–१ का उम्मेदवार रमेश उप्रेतीले मतदातालाई “विवेकको मत प्रयोग गर्न” आग्रह गरेका छन्। प्रगतिशील लोकतान्त्रिक पार्टी (प…

इन्फो नेपाल संवाददाता

युवालाई रोजगारीमा जोड्ने पहलमा पीसीटीभीईटी (अन्तर्वार्ता)

हेटौँडा | नेपालको भविष्य युवाहरूमा निर्भर छ। तर प्रतिवर्ष, हजारौं शिक्षित युवा रोजगारीको खोजीमा विदेशिन्छन् वा देशभित्रै बेरोजगारीको चुनौती बेहोर्छन्। यो केवल व्यक्तिगत समस्या होइन…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

एसी प्रकरणमा मेयर लामा भन्छिन् – ‘सहयोग नातावाद होइन, उद्यमशीलताको सम्मान हो’ (अन्तर्वार्ता)

हेटौँडा | हेटौँडाको सितलमहल चोकमा स्थापना भएको ‘द नाइन्टीन सैलुन’ पछिल्लो केही दिनयता बहसको केन्द्र बनेको छ। १९ वर्षीय युवा उद्यमी सुसन घलानसहित टिमले सैलुन सञ्चालनमा ल्याएका हुन्।…

इन्फो नेपाल संवाददाता