इन्फो नेपाल — सञ्चारको सञ्जाल

शिक्षाको आवश्यकता र महत्व

  • सुइन्द्र घिमिरे 
शिक्षा मानिसलाई बाटो देखाउने एउटा मार्ग हो । कुनै विषयमा ज्ञान लिनु वा दिनुलाई शिक्षा भनिन्छ । शिक्षा ग्रहण गर्नको लागि कुनै उमेर, जात, लिङ्ग, धर्म संस्कारले छेक्न सक्दैन । पूर्णरुपले कसैले कहिले पनि शिक्षा ग्रहण गरेको हुदैन । शिक्षाकै कारण नै यो संसार छ । यदि शिक्षा नभएको भए यो संसार हुदैनथ्यो । सायद शिक्षा नभएको भए यो संसार अन्धकार भित्र गुन्जिरहन्थ्यो होला । कतिपय समुदायका व्यक्तिहरु अझैपनि शिक्षावाट बन्चित भएका छन् । अशिक्षाको कारणले गर्दा अहिले लाखौँ नेपाली युवाहरु बिदेशीन बाध्य भएका छन् । अशिक्षाको कारणले गर्दा आम नेपालीहरु पराइ भूमिमा रातदिन पसिना बगाउन बाध्य भएका छन् । कति नेपालीहरु आफ्नो ज्यान पनि गुमाईरहेका छन् । अशिक्षाको कारणले गर्दा र नेपालमा बेरोजगार भएपछि एउटा सुन्दर सपना बोकेर विदेशिने नेपालीहरु बाकसमा लास भएर नेपाल फर्किन परेका छन् । कति घरवारविहीन भएका छन् । शिक्षाको महत्व पनि त्यतिकै आबश्यक छ । एउटा राम्रो स्वस्थकर जीवनयापन गर्नको लागि पनि शिक्षाको महत्व हुन्छ । एउटा समाजमा सम्मानित व्यक्ति भएर जिउनको लागि शिक्षाको महत्व छ । नेपालमै राम्रो रोजगार गर्नकोलागि पनि शिक्षाको महत्व हुन्छ । एउटा जीवनको जति महत्व छ त्यतिनै शिक्षाको पनि महत्व छ । जीवनको जति मूल्य छ त्यतिनै शिक्षाको पनि मूल्य छ । किन कि ? शिक्षा बिनाको जीवन पनि एउटा दृष्टिविहीन व्यक्ति जस्तै हो । एउटा दृष्टिविहीन व्यक्तिसँग सबै कुरा भएता पनि उनीहरु सँग एउटा मात्र कमजोरी हुन्छ । जुन आखाको ज्योति हो । त्यसैले उनीहरु सबै कुरावाट पूर्ण भएपनि उनीहरुले यो संसार हेर्न, देख्न सकिरहेका हुदैनन् । शिक्षा पनि त्यस्तै हो । जति सुकै धन सम्पतिले भरिपुर्ण किन नहोस् तर उसँग शिक्षा छैन भने उसले केही गर्न सक्दैन । शिक्षा छैन भने उसलाई कसरी सम्मान गरेर बोल्नु पर्ने कुराहरु थाहा हुदैन । आफूसँग भएको धनलाई कसरी सदुपयोग गर्ने जस्ता कुराहरु पनि उसलाई थाहा हुदैन । त्यसैले गर्दा एउटा असल व्यक्ति, परिवार, समाज, समुदाय र राष्ट्र बन्नको लागि शिक्षाको धेरै आबश्यक र महत्व हुन्छ । * सुइन्द्र घिमिरे मकवानपुर बहुमुखी क्याम्पसका कक्षा ११ मा अध्यानरत बिधार्थी हुन् ।

सम्बन्धित समाचार

समाचार लेख्ने पत्रकार प्रहरीसँग डराउनुपर्ने हो ?

आज साँझ मोबाइलमा एकपछि अर्को समाचार आइरहेका थिए। समाचारका विषय फरक थिएनन्। लगभग उस्तै थिए। कतै पत्रकार पक्राउ परेका थिए। कतै सादा पोसाकका प्रहरी समाचार कक्षमै पुगेका थिए। कतै सम्पा…

बसन्त भण्डारी

सभाहलदेखि बजारसम्म

मंसिर ५ गते देखी हेटौँडा बजारमा घुम्दा सडक विस्तारको चर्चा हरेक कुनामा सुनिन्छ । सडकमा हिँडिरहेका मानिसहरू, पसलमा बसेका व्यापारी, चिया पसलमा गफ गरिरहेका सबैको एउटै प्रश्न हुन्छ, “य…

बसन्त भण्डारी

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

'हामी जेनजी, हाम्रो बाटो स्पष्ट छ'

हेटौँडा | हामी जेनजी, नेपालका युवा, सडकमा निस्क्यौं। नेतृत्वको कमजोरी, भ्रष्टाचार र जनआवाजलाई बेवास्ता गर्ने प्रवृत्तिले देशलाई पटक–पटक पछाडि धकेलेको देख्यौं। यही असन्तुष्टिले हामी…

बसन्त भण्डारी