इन्फो नेपाल — सञ्चारको सञ्जाल

शिक्षिकाले पानी भनेर दिएको स्प्रिट पिउँदा छात्राको मृत्यु

काठमाडौँ । सिरहाको मिर्चैया नगरपालिका–६ स्थित सगरमाथा माविमा छात्राले पानी माग्दा शिक्षिकाले सिसा सफा गर्न प्रयोग गरिने स्प्रिट दिइन् । शिक्षिकाले दिएको स्प्रिट पिउँदा कक्षा ८ मा अध्ययनरत १५ वर्षीय सिर्जना कुमारी महराको मृत्यु भएको छ । पुस २२ मा महिनावारी भएर पेट दुखेपछि सिर्जनाले औषधी मगाइन् । औषधी खान पानी माग्दा शिक्षिका अम्बिका लम्सालले दिएको स्प्रिट पिउँदा उनी अस्वस्थ भइन् । पानी भनेर झुक्किएर स्प्रिट दिने शिक्षिकालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी सुवास बुढाथोकीले रातोपाटीलाई बताए । डीएसपी बुढाथोकीले भने– ‘शिक्षिकालाई सोधपुछ गर्ने र अरु अनुसन्धान पनि अघि बढाएका छौं ।’ सिरहा नगरपालिका–११ भलुवाही घर भएकी सिर्जनाको उपचारको क्रममा कर्जन्हास्थित फुलकुमारी मेमोरियल अस्पतालमा शनिबार साँझ मृत्यु भएको हो । छात्राको मृत्युपछि विद्यार्थीहरूले प्रदर्शन गरिरहेका छन् । इलाका प्रहरी कार्यालय मिर्चैयामा प्रदर्शनकारीहरूले ढुंगामुढा गरेका छन् । प्रदर्शनकारीले ढुंगामुढा गरेपछि ६ राउन्ड हवाई फायर गरिएको डीएसपी बुढाथोकीले जानकारी दिए । प्रहरी र प्रदर्शनकारी बीच झडपमा हुँदा मिर्चैयाका डीएसपी हरि ओलीसहित ७ जना प्रहरी घाइते भएका छन् । मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क