इन्फो नेपाल — सञ्चारको सञ्जाल

शिखरिणीमा सुन्द चुली - देवीप्रसाद मिश्र

नदी खाेल्सी राम्रा वनचउर वा साथ छहरा कहीँ पाखा भित्ता,समथल गरा झन् मनहरा कुँदे जस्तै हेर्दा अघि प्रकृतिले एक तसली खुलेका छन् राम्रा मनमुटु छुने सुन्दर चुली।।१।। हिमाली डाँडामा सरसर चलेकाे छ पवन उदाएका त्यस्तै रविकिरणले तान्दछ मन झुलेका पाखामा कुसुम लतिका कञ्चन कली खुलेका छन् हाम्रा मनमुटु छुने सुन्दर चुली।।२।। कहीँ द्याैराली छन् अझ पर कतै,शङ्कर गुफा कहीँ चाैतारी छन् वरपिपलले साेभन सफा रमाई नाच्दै छन् चिरबिर चरी प्रेम बटुली खुलेका छन् हाम्रा मनमुटु छुने सुन्दर चुली।।३।। कहीँ पाटी पाैवा भवन अघिका देवल ठुला। कुवा धारा राम्रा कल कल अझै कञ्चन कुला।। रमेका खेतीमा कृषकजन छन् क्रन्दन भुली। खुलेका छन् हाम्रा मनमुटु छुने सुन्दर चुली।।४।। झुलेका डालीमा भ्रमर रस तान्दै वन भरी मीठा गाना भर्दै युवक युवती झन् मनभरी बुढा पाका साट्छन् हृदयबिचका भाव नभुली खुलेका छन् हाम्रा मनमुटु छुने सुन्दर चुली।।५।।

सम्बन्धित समाचार

‘बाल महाभारत’ सार्वजनिक, नयाँ पुस्तालाई पौराणिक पात्रसँग परिचय गराउने उद्देश्य

हेटौँडा | साहित्यकार छवि अनित्यको चौथो कृति ‘बाल महाभारत’ सार्वजनिक भएको छ। ‘गोकु’, ‘नारुतो’जस्ता एनिमे पात्रतर्फ आकर्षित हुँदै गएका नयाँ पुस्तालाई पूर्वीय साहित्यको महान ग्रन्थ मह…

इन्फो नेपाल संवाददाता

'मेरा बा'

कृतिका हुमागाई 'क' समेत नपढेका मेरा बा तर कुर्कम गरेनन् 'अ' समेत नपढेका मेरा बा तर अन्याय र अपराध सहेनन् जहिले सुकर्म र न्यायका लागि यौवन हुदै देखिनैक दुई नाले खद्वा बन्दुकसंग मैदा…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

म र मेरो दाह्री

युवराज घिमिरे खिसी गर्थे साथीभाई मेरो फेस देखि जब देखि देखा पर्यो जु“गामा त्यो रेखी । उमेर बढ्दा जु“गा पनि हुंदै गयो कालो, जु“गा पछि आउ“दो रैछ दाह्रीको पो पालो । कपालमा सबै भन्दा क…

इन्फो नेपाल संवाददाता