इन्फो नेपाल — सञ्चारको सञ्जाल

शुक्रबारसम्म निरन्तर वर्षा

काठमाडौं: जलतथा मौसम विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी शुक्रबारसम्म मुलुकभरका अधिकांश स्थानमा वर्षा हुने पूर्वानुमान गरेको छ । महाशाखाका अनुसार यतिबेला सुदूरपश्चिम, लुम्बिनी, मधेस, बागमतीलगायतका प्रदेशमा मध्यम खाले वर्षा भइरहेको छ। महाशाखाले आगामी २४ घन्टा बिहीबार बिहान ६ बजेसम्मका लागि चेतावनी जारी गरेको छ । देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा मेघ गर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ । सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्र र दैनिक जनजीवनसमेत प्रभावित हुन सक्ने महाशाखाको पूर्वानुमान छ । महाशाखाको मौसम पूर्वानुमान बुलेटिनअनुसार आजदेखि शुक्रबारसम्म निरन्तर वर्षा हुनेछ । बिहीबार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानमा झरी पर्नेछ । केही स्थानमा स्थानमा मेघ गर्जनरचट्याङसहित भारी वर्षाको समेत सम्भावना छ । आगामी शुक्रबार कोसी, बागमती, गण्डकी, कर्णाली प्रदेशका केही ठूलो झरी पर्नेछ भने तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क