इन्फो नेपाल — सञ्चारको सञ्जाल

शौचालयमा लुकेर शा,’रिरीक सम्पर्कका लागि ज,’बरजस्ती गर्ने गोरखा सैनिक राई दो’षी ठहर

लण्डन । ब्रुनाइको टुकर लेन्समा रहेको गोरखा सैनिकको क्याम्पको पुरुष शौचालयमा लुकेर सरसफाइ गर्ने महिलालाई यौ,’न सम्बन्ध राख्न ज,’बरजस्ती गरेको अभियोग लागेको एक सेवारत गोरखा सैनिकलाई सैनिक अदालतले दो’षी ठहर गरेको छ । सेकेण्ड गोरखा राइफल्समा कार्यरत २६ वर्षीय गोरखा सैनिक ताराहाङ राईलाई बुलफोर्ड मिलिटरी कोर्ट, बिल्सायरले दोषी साबित गरेको हो ।सरकारी वकिल विलियम पिटर्सका अनुसार घटना भएको दिन ती महिला र राईको पुरुष शौचालयमा तीनपटक जम्काभेट भएको थियो । दुई पटक राईले ती महिलालाई चु’म्बनका लागि आग्रह गरेका थिए तर तेस्रोपटक राईले महिलालाई समातेर शौचालयभित्र लैजान जोड गरेका थिए। त्यसपछि महिलाले छोड्न पटकपटक आग्रह गर्दा पनि नछोडेका राईले महिलाले चिच्याउने ध’म्की दिएपछि भने छोडेका थिए । घटनापश्चात महिलाले आफ्नो म्यानेजरलाई सो घटना बताएकी थिइन् ।राईले आफूमाथि लगाइएको अ’भियोग अस्वीकार गर्दै आएका थिए । राईले महिलाले नै आफूलाई फेसबुकमा ‘क्युट’ लेखेको र उनलाई फेसबुकमा ब्लक गर्नु परेको बताएका थिए । महिलाले आफूबाट फाइदा लिन खोजेको तर आफूले नदिएपछि यौ,’न दु’र्ब्यवहारको आरोप लगाएको राईको भनाइ थियो ।यद्यपि उनको भनाइलाई अदालतले अस्वीकार गरेको छ ।राईलाई केही समयपछि स’जायँ तोकिने छ ।-/शिधाकुरा बाट

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क