इन्फो नेपाल — सञ्चारको सञ्जाल

श्रमदान नगरे कक्षामा फेल गराउने हर्क साम्पाङको चेतावनी

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले विवादास्पद अभिव्यक्ति दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै धरानमा नगरको विकासको लागि श्रमदान नगरे कक्षा उत्तीर्ण नहुने नियम लागू गर्ने अभिव्‍यक्ति दिएका हुन् । यस्तै मेयर साम्पाङले अर्को स्टेटस लेख्दै धरान नगरको विकासको लागि कक्षा ९, १०,११ र १२ कक्षामा पढ्ने प्रत्येक विद्यार्थीले कम्तीमा वर्षको ७ दिन सकेको श्रम गर्नुपर्ने बताएका छन्। उनले त्यसलाई श्रम, सरसफाइ, वृक्षरोपणलगायत जे पनि हुन सक्‍ने औल्याएका छन् । लगत्तै मेयर साम्पाङले फेरि अर्को स्टाटस लेख्दै माटो नछुनेले माटो बेचेर सकाउने भन्‍दै अहिलेको शिक्षाले आश्वासन दिएर परनिर्भरता बनाएको बताए । यता, धरान उप-महानरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखाका अधिकृत मनोज भट्टराईले भने बालबालिकाको श्रमदान सम्बन्धी नीति बनाउने तयारी नरहेको बताए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क