इन्फो नेपाल — सञ्चारको सञ्जाल

श्रममन्त्रीमाथिको आरोप पुष्टि भए पहिलो कारबाही मै गर्छु : गृहमन्त्री लामिछाने

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राज्यका निकायहरूलाई निरीह बनाइएकाले आफूले गरेका कामहरूको प्रतिफल आउन समय लाग्ने बताएका छन्। बिहीबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले ’अभियुक्तलाई समात्न सक्नुभएन भन्ने आरोप लागेको छ, यसमा के भन्नुहुन्छ’ भन्ने सञ्चारकर्मीको प्रश्नमा आफूले पनि देखेको तर सभामुखको रुलिङ नभएका कारण नसमातेको बताए। उनले गलत काम गर्नेलाई कारबाही गर्न पछि नहट्ने बताए। उनले भने, ‘नदेख्ने भन्ने कुरा नै हुँदैन। तर, सभामुखबाट रुलिङ हुनुपर्छ। मैले भनिसकेको छु। राज्यका निकायहरूलाई निरीह बनाइएको छ, नतिजा आउन समय लाग्छ हेर्दै जानुहोला, नतिजा आउनेछ। गलत काम गरेका मानिसहरू कोही पनि बाँकी रहँदैनन्। केही समयका लागि लुक्ने भाग्ने होला तर हामी समातेरै छोड्छौं।’ ‘म्यानपावरमा संलग्न व्यक्तिलाई मन्त्री बनाउनुभएको छ भन्ने आरोप लगाइएको छ’ भन्ने प्रश्नमा उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल संलग्न भएको भए कुन म्यानपावरमा हो जानकारी दिन पनि आग्रह गरे। श्रममन्त्री अर्याल मन्त्रीमा नियुक्त भएसँगै म्यानपावरमा संलग्न रहेको भन्दै उनको विरोध भएको थियो। उनले संलग्न भएको पाए खबर गर्न आग्रह गर्दै संलग्नता पुष्टि भए आफैं पहिलो कारबाही गर्ने बताए।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क