इन्फो नेपाल — सञ्चारको सञ्जाल

श्रमिकको न्यूनतम तलब १९ हजार ५५० कायम, गत वर्षभन्दा २२५० रुपैयाँले वृद्धि

हेटौँडा | सरकारले श्रमिकको मासिक न्यूनतम तलब १९ हजार ५५० रुपैयाँ कायम गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको न्यूनतम पारिश्रमिक निर्धारण समितिको सिफारिसमा श्रममन्त्री शरत्सिंह भण्डारीले नयाँ तलब संरचना स्वीकृत गरेका हुन्।

नयाँ दरअनुसार अब श्रमिकले मासिक १२ हजार १७० रुपैयाँ आधारभूत तलब र सात हजार ३८० रुपैयाँ महँगी भत्ता पाउनेछन्। यो तलब संरचना साउन १ गते, बिहीबारदेखि नै लागू हुने गरी स्वीकृत गरिएको हो।

यस्तो छ नयाँ तलब संरचना:

  • मासिक तलब: १९,५५० रुपैयाँ
  • दैनिक तलब: ७५४ रुपैयाँ
  • प्रतिघण्टा तलब: १०१ रुपैयाँ
  • आंशिक (पार्ट टाइम) प्रतिघण्टा तलब: १०७ रुपैयाँ

यसअघि श्रमिकको मासिक न्यूनतम तलब १७ हजार ३०० रुपैयाँ थियो। त्यसमध्ये आधारभूत १० हजार ८२० र महँगी भत्ता ६ हजार ४८० रुपैयाँ निर्धारण गरिएको थियो। नयाँ संरचनामा समग्र तलब २ हजार २५० रुपैयाँले बढाइएको हो।

यस निर्णयले चियाबगानमा काम गर्ने श्रमिकलाई भने नछोएको मन्त्रालयले स्पष्ट पारेको छ। ती श्रमिकका हकमा अलग छलफल गरेर छुट्टै निर्णय गरिने बताइएको छ।

पारिश्रमिक समायोजनको निर्णय रोजगारदाता संगठन तथा संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयुसीसी) का सुझावको आधारमा गरिएको मन्त्रालयको भनाइ छ।

श्रम मन्त्रालयका अनुसार विगतको अनुभव र समसामयिक आर्थिक अवस्थाको समीक्षापछि उक्त निर्णय गरिएको हो।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क