इन्फो नेपाल — सञ्चारको सञ्जाल

श्रीमतीको हत्या गरी फरार रहेका असफल पक्राउ 

पाँचथर: श्रीमतीको हत्या गरी फरार रहेका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पाँचथरको मिक्लाजुङ ३ स्थित माइती घरमा रहेकी श्रीमती गोमा फियाकलाई हत्या गरी सासू कान्छिमाया र छिमेकी महेन्द्र श्रेष्ठलाई खुकुरी प्रहार गरेर फरार रहेका तुम्वेवा ४ निवासी असफल कुरुम्वाङलाई प्रहरीले पक्राउ गरेको हो । पाँचथरका प्रहरी निरीक्षक दिवस कुँवरका अनुसार कुरुम्वाङले पुस २६ गते साँझ ८ बजे घरायसी विवादमा मिक्लाजुङ गाउँपालिका ३ आरुबोटेस्थित माइती घरमा रहेकी ३५ वर्षीय श्रीमती गोमा फियाकको खुकुरी प्रहार गरी हत्या गरेका थिए । खुकुरी प्रहारबाट छिमेकी महेन्द्र श्रेष्ठ र सासूआमा कान्छिमाया फियाक घाइते भएका छन् । उनीहरूको झापास्थित बी एन्ड सी अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क