इन्फो नेपाल — सञ्चारको सञ्जाल

श्रीमान्-श्रीमतीको एकैदिन निधन, एकै चितामा दाहसंस्कार

इटहरी । प्रेम र आदरको अटुट बन्धन यसरी टुटेको देख्दा हृदय विदारक अनुभूति हुन्छ। इटहरी उपमहानगरपालिका-१३ खनारकी जोडी श्रीमान् टिकाप्रसाद र श्रीमती नर्वदा भट्टराईले जीवनभर एक-अर्काप्रति राखेको आदर र प्रेमलाई मृत्युले पनि छुट्याउन सकेन। विवाहमा ७ जन्मसँगै बाँच्ने कसम खाएर बाँधिएको बन्धन, मृत्युपछि पनि अविच्छिन्न रह्यो। मङ्गलबार एकै दिन श्रीमान् र श्रीमतीको निधन भएको छ। उनीहरुको शवलाई एउटै चितामा दाहसंस्कार गरिएको छ। ७८ वर्षीया नर्वदाको बिहान ७:४५ मा निधन भएको थियो। आमाको निधनले परिवारमा दुःख छायो। यही बेला ८६ वर्षीय बुबा टिकाप्रसादलाई पनि ह्रदयघातले थिचोमिच पार्यो। मातृशोक भोगिरहेको परिवारमा पितृशोकको पनि थप मर्का पर्यो। नेपाली समाज र शास्त्रमा एकैदिन श्रीमान्-श्रीमतीको निधन दुर्लभ घटनाका रुपमा लिइन्छ। तर यस्तो विरलै देखिने घटना खनारमा घटेको छ। सयौं वर्षको प्रेम र आदरको यो अन्तिम विदाईले सबैलाई हृदयविदारक अनुभूति दिएको छ। दुवै शवलाई इटहरीमै परिक्रमा गराई स्थानीय बुढीखोलामा एउटै चितामा दाहसंस्कार गरिएको छ। अन्तिम समयमा पनि श्रीमान्-श्रीमती एक-अर्काको साथ छाड्न चाहेनन्।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क