इन्फो नेपाल — सञ्चारको सञ्जाल

श्रीलंका टप्पुमा कोशी कटानको त्रास , समधानको खोजीमा स्थानिय सरकार

सुनसरी | सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं ६ र वडा नं ९ मा पर्ने श्रीलंका टप्पु तर्फ सप्तकोशी नदिले कटान गरि राखेको छ । केही दिन देखिको सप्तकोशी नदिको कटानले टप्पुका स्थानियहरुलाई त्रषित बनाएको छ ।

सप्तकोशी नदिले टप्पुको जलाल , शिशौली घाट र चिलैया क्षेत्रमा दैनिक रुपमा ५ सय मिटर जमिन कटान गरिरहेको स्थानिय बृद्बिकुमार माझी बताउछँन् । कोसीमा क्रमश पानिको बहाब घट्दे गए पछि पानीले बलौटे माटो खोत्लने कार्य तिब्र रुपमा हुने गर्दछ । बलौटे माटो भएकाले कोशीको कटान तिब्र रुपमा हुने गरेको स्थानीय राजकुमार चन्द्रबसीको भनाई छ ।

कोशीले तिब्र गतिमा कटान सुरु गरेको जानकारी दिए पछि नगर प्रमुख रमेश कार्की टप्पु आउनु भएको उनको भनाई छ । नगर प्रमुख कार्कीले तत्काल कटान रोक्ने प्रयास स्वरुप बोरा लगाएका स्थानीय सामाग्रीको व्यवस्थापन गरिदिएको उनले बताए । उनी भन्छन् यसले केही हदसम्म कोशी कटान नियन्त्रण गर्न सहयोग मिल्ले छ । तर हाम्रो माग भनेको कोशी कटानको दिर्घकालिन समधान नै हो । यसकालागि प्रदेस सरसकार , संघिय सरकारसंगै छिमेकी देशको बिहार सरकारले योजना बनाउनु पर्ने उनको माग छ ।

कोशी कटानको दिर्घकालिन समधानकालागि सम्बन्धित निकायको ध्यानाआक्रषण गरिरहेको नगर प्रमुख रमेश कार्कीको भनाई छ । तत्काल गर्नु पर्ने काम , उद्घार , राहत लगायतका योजना र तयारीमा नगरपालिका रहेको नगर प्रमुख कार्कीले बताए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क