इन्फो नेपाल — सञ्चारको सञ्जाल

षडानन्दको सभाहल निर्माण कार्यमा चरम लार्पाबाही, तुरुन्त सुधार्न वडाध्यक्षको निर्देशन

भोजपुर: षडानन्द नगरपालिकाको सभाहल निर्माण कार्यमा चरम लार्पाबाही भएको पाईएको छ । नगरपालिकाको सभा हल वडा नं. ७ गडिगाउँमा निर्माण भईरहेको छ तर गुणस्तरीय कार्य नभएको पाएपछि वडा नं. ७ का वडाध्यक्ष दिपेश विष्टले अनुगमनको क्रममा गुणस्तरहिन कार्य भएकोले तत्काल सुधार्न निर्देशन दिएका छन् । निर्माण कार्यमा प्राविधिक स्टिमेट अनुसार काम नभएको साथै प्राविधिकले दिएको सुझावलाई समेत अटेर गरेर गुणस्तर हिन काम गरेको प्राविधिकले बताएको छ । प्राविधिक स्टिमेट अनुसार बिममा १२ एमएमको रट लगाउनुपर्ने छ तर निर्माण पक्षले १० एमएमको रट प्रयोग गरेको पाईएको छ । साथै बिममा निर्माको क्रममा लगाईने चुरी ६ ईन्चमा राखिनु पर्नेमा ९ ईन्च भन्दा फरक दुरीमा राखिएको पाईएको छ । यसलाई तुरुन्त सुधार गरेर निर्माण गर्न वडा नंं ७ का वडाध्यक्ष दिपेश विष्टले सुझाव दिएका छन् । जनताको काम गर्न आएको हो जनहितमा भएको कार्यको गुणस्तरमा कुनै खोट हुनु हुँदैन त्यसैले तुरुन्त सुधार गर्न निर्देशन दिएका छन् । नगरपालिकाको बजेटमा असार मसान्तसम्म सक्ने गरि अनलाईट विल्र्डस काठमान्डौं–१४ ले निर्माणको लागि भ्याट बाहेक १ करोड १८ लाखमा निर्माणको ठेक्का पारेको थियो । कम्पनीले ठेक्का पारेको हो तर हामिले पुर्ण रुपमा पेटि ठेक्का राकेश तामाङलाई दिएको निर्माण कम्पनीका प्रतिनिधि तेज श्रेष्ठले बताए । सामग्री निर्माण कार्यको जिम्मा हो तर निर्माण पक्षबाट भएको गल्तिलाई हामि स्वीकारछौं काम गर्ने क्रममा गल्ति भयो यसलाई सुधारेर गुणस्तरीय काम गरेर मात्रै भुक्तानी लिने निर्माण पक्षको भनाई छ । काम गर्दा कामदारको लर्पाबाहीले पनि हुन्छ ठेकेदार पक्षको पनि हुन्छ साथै प्राविधिक पक्षमा पनि हुन्छ तर जसको गल्ति भएपनि हामी सुधारेर निर्माण कार्यलाई अगाडी बढाउने निर्माण पक्षका प्रतिनिधिले बताएका छन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क