इन्फो नेपाल — सञ्चारको सञ्जाल

षडानन्दमा भएको खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि सोमवारे फुटबल क्लवलाई

भोजपुर / भोजपुरको षडानन्द नगरपालिका -६ स्थित घ्याम्पे रंगशालामा सम्पन्न तेस्रो खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि सोमवारे फुटबल क्लवले हात पारेको छ । षडानन्द नगरपालिका र षडानन्द नगरपालिका वडा नम्वर- ६ को प्रायोजन तथा षडानन्द नगरपालिका-६ खेलकुद विकास समितिको आयोजनामा भएको खेल छिनामुखु फुटबल क्लबलाई ३-० ले स्तव्ध पार्दैै सोमवारेले उपाधिमा कव्जा थियोे । मंसिर २० गतेवाट सुरु भएको प्रतियोगितामा कोशी प्रदेशका भोजपुर, संखुवासभा, सुनसरी, मोरङ जिल्लाका २६ फुटबल टीमको सहभागीता भएको थियोे । प्रतियोगितामा प्रथम हुनेले सोमवारे फुटबल क्लवले ७१ हजार, द्वितीय छिनामुखु फुटबल क्लवले ५१ हजार र सेमिफाईनलिष्ट आँपगाछी फुटबल क्लब ईटहरी र महाकालि आविले २१-२१ हजार नगद पुरस्कार पाए । व्यक्तिगत विधा तर्फ आँपगाछीका सविन घिमिरे उत्कृष्ट डिफेन्डर,सोमवारेका निरज परियार हाईस्कोरर, छिनामुखुका डिकेन लिम्वु वेष्ट प्लेयर र सोमवारेका विवेक राई वेष्ट मिड फिल्डर र सोमवारेकै चरी लिम्वु वेष्ट गोलकिपरको पुरस्कार पाए । उनिहरुलाई आकार्षक ट्रफी प्रदान गरिएको थियोे । प्रतियोगिताको एक कार्यक्रमका विच भोजपुरका प्रदेश कमिटी सदस्य तथा कांग्रेस जिल्ला सभापति विनोद वान्तवा राईले एक कार्यक्रमका विच उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा मन्तव्य राख्दै राईले खेलकुदमा झेल हुन नहुने विचार राखेका थिए । उनले राजनीतिमा नेतृत्ववाट झेल हुने गरेको स्विकार्दै आयोजक तथा निर्णायकलाई लक्षित गर्दै राम्रा खेलाडीको प्रोत्साहन गर्न ध्यानाकर्षण गराएका थिए ।

सम्बन्धित समाचार

एनपीएलको इलिमिनेटरमा आज चितवन र काठमाण्डौ खेल्दै

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज चितवन राइनोज र काठमाण्डौ गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ। खेल बेलुका ५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशाल…

इन्फो डेस्क

बागमती प्रदेश खेलकुद विकास परिषद्मा अधिकांश खेल संघ दर्ता छैनन्, पटक–पटकको सूचना बेवास्ता

मकवानपुर । बागमती प्रदेश खेलकुद विकास परिषद्मा अधिकांश खेल संघसंस्थाले दर्ता, आबद्धता तथा नवीकरण प्रक्रिया पूरा गरेका छैनन्। पटक–पटक सूचना जारी गरे पनि संघहरूले बेवास्ता गरेपछि परि…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

एनपीएलको पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम खेल्दै

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो क्वालिफायरमा आज साविक उपाधि विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स खेल्दैछन् । यो खेल बेलुकी ५ बजे कीर्तिपुरको त्रिवि अ…

इन्फो डेस्क