इन्फो नेपाल — सञ्चारको सञ्जाल

षडानन्द नगरपालिकाको दुर्गम वडाका योजनाहरु वडावाटै सम्झौता हुने

भोजपुर / भोजपुरको षडानन्द नगरपालिकाको केन्द्रवाट टाढा रहेका वडाका योजनाहरु वडामै सम्झौता हुने भएको छ । नगरबासिहरुको सहजताका लागि १,२,३,९,१०,११,१२,१३ र १४ मा नगरपालिकाको जनप्रतिनिधीहरु, कर्मचारिहरु र राष्ट्यि बाणिज्य बैङ्कको कर्मचारिको टोलीले वडाका योजनाहरुको सम्झौता वडामानै गर्नेकामको सुरुवात गरेको हो । आजैवाट वडा नम्वर- १ नेपालेडाँडाबाट योजना सम्झौताप्रारम्भ गरिएको नगरपालिकाका प्रमुख सुरेन्द्र कुमार उदासले जानकारी दिए । बैंक खाता खोल्ने, केवाईसी भर्ने लगायतका काम सवै काम वडावाटै गरिने भएको छ । अव योजना सम्पन्न गरेर भुक्तानिकोलागि मात्र एक पटक नगरमा आए पुग्ने पनि नगर प्रमुख सुरेन्द्र उदासले वताए । यस अघि टाढाका वडाका योजना सञ्चालन गर्नको निमित्त पटक-पटक नगरपालिका तथा बैंक धाउनुपर्दा सेवाग्राहीहरुले सास्ती भोग्नु परेको थियो । साना साना काजजपत्र मिलाउन समेत बैंक तथा नगरमा पटक-पटक नगरमा धाउनुपर्दा उपभोक्ता समितिहरुमा नैरास्यता छाएको थियो । वडामै योजना सम्झौता हुने भएसँगै उपाभोक्ता समितिहरु पनि उत्साहित भएकाछन् । साविकका १० वडा गाउँ विकास समिति गाभेर वनाईएको षडानन्द नगरपालिका जिल्लाकै सवैभन्दा ठूलो पालिका हो । बाँकी वडाहरुमा समेत निर्धारित मितिमा योजना सम्झौताको लागि सबै योजनाका उपभोक्ता समितिलाई सुचित गर्नको लागि सम्बन्धित वडाध्यक्ष हरुलाई नगर प्रमुख उदासले अनुरोध समेत गरेकाछन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क