इन्फो नेपाल — सञ्चारको सञ्जाल

षडानन्द नगरपालिकाद्वारा विपन्न र अपांगतालाई लत्ता कपाडा र पोषणयुक्त सामग्री वितरण

भोजपुर / भोजपुरको षडानन्द नगरपालिकाले ३२ औं अन्तराष्ट्रिय अपांगता दिवस विविध कार्यक्रम सहित मनाएको छ । षडानन्द नगरपालिकाको सामाजिक विकास शाखा र स्वास्थ्य शाखाको आयोजनामा ३२ औं अन्तराष्ट्रिय अपांगता दिवस मनाएको हो । ३२ औं अन्तराष्ट्रिय अपांगता दिवस नगरपालिका क्षेत्र भित्र रहेका अति विपन्न र अपांगता भएका १४ जना अपांग र १४ अपांग बालबालिकाहरुलाई आवश्यक लत्ता कपाडा र पोषणयुक्त सामग्री वितरण गरेर दिवस मनाएको हो । सामाजिक विकास मन्त्रालय कोशी प्रदेशको ७० हजार र षडानन्द नगरपालिका सामाजिक विकास शाखाको ७० हजार गरि १ लाख ४० हजारले विविध कार्यक्रम सहित दिवस मनाएको हो । दिवसको अवसरमा १४ जना बाल अपांग व्यक्तिहरुलाई पोषणयुक्त आहारा वितरण गरेका छन् भने १४ वडामा रहेका अति विपन्न र क बर्गका अपांगहरुलाई न्यानो कपाडा वितरण गरि नगरपालिकाले दिबस मनाएको छ । अपांग भएका व्यक्तिहरुको क्षमाताको खोजी र फरक प्रस्तुतिको खोजीमा षडानन्द नगरपालिकाको सामाजिक विकास समिति लागेको छ । अवसरको पर्खाइमा बसेका छन् कति र कतिले अवसरलाई प्रचार–प्रसारको अभावले बुझेका छैनन् तर षडानन्द नगरपालिकाको सामाजिक विकास शाखाले बजेटको व्यवस्थापन गरेर शिविर सञ्चालन गरि क्षमता पहिचान र समस्याको न्युनिकरण गर्ने उदेश्यले धेरै कार्यक्रमहरु बनाएको छ । लक्षित कार्यक्रमको परिधिमा रहने व्यक्तिहरुलाई नगरपालिकाको सामाजिक विकास समितिले पाउने सेवा सुविधाबाट बञ्चित नगर्ने षडानन्द नगरपालिका समाजिक विकास समितिका संयोजक मन्दिप रसाईलीले बताएका छन् । कानुनी अपराध रहेको अपाङ्गताको आधारमा गरिने भेदभाव कसैलाई पनि नगरौं,नगराऔं, उनिहरूलाई संरक्षण,सेवा र सुबिधा सहित सम्मानपूर्वक जीवन जीउने वातावरण निर्माण गरौं भन्दै एउटा कार्यक्रमले सबैलाई समेट्न नसकिने र नियम कानुनले सबैको समस्याको समाधान गर्न सकिदैन तर नियम र कानुनले दिन मिल्ने र सकेसम्म व्यवहारिकतालाई समेत ध्यानमा राखेर नगरपालिकाले काम गरिरहेको छ । लक्षित अन्र्तगतका कार्यक्रमहरुमा गहिरो अध्ययन संगै नगरपालिकाले गर्ने क्रियाकलाप गरिरहेको नगरपालिका उपप्रमुख प्रमिला राईले बताईन । सानो बजेटले सांकेतिक रुपमा लक्षित कार्यक्रमको सुरुवात गरेको छ । यो कार्यक्रम पर्याप्त हैन यस्ता खालका जनहित कार्यक्रमलाई नगरपालिकाले आगमी बर्षहरुमा बृहत बनाएर अगाडी बढाउने नगरपालिका प्रमुख सुरेन्द्र कुमार उदासले बताए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क